सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • सहकारीपीडितद्वारा फेरि आन्दोलन घोषणा

सहकारीपीडितद्वारा फेरि आन्दोलन घोषणा

705
Shares
सहकारीपीडितद्वारा फेरि आन्दोलन घोषणा

काठमाडौं । मुलुकभरका सहकारीपीडितले शुक्रबारदेखि तेस्रो चरणको आन्दोलन गर्ने भएका छन् ।

सरकारले यसअघिका सम्झौता कार्यान्वयन नगरेको भन्दै पीडितको संगठन सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले जेठ ११ देखि आन्दोलन थाल्ने भएको हो ।

पीडितको पैसा फिर्ता गर्ने सम्बन्धमा यसअघि भएका कुनै पनि सम्झौता कार्यान्वयन नभएकाले फेरि आन्दोलन गर्न लागिएको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुशलव केसीले बताए ।

सहकारीपीडितले न्याय नपाए ०८४ को निर्वाचन बहिष्कार हुने उनको भनाइ छ । अध्यक्ष केसीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई समाचार लेखेकै भरमा पक्राउ गरिएको हो भने आफूहरूलाई सह्य नहुने चेतावनी दिए ।

705
Shares

ट्रेन्डिङ