सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • धुलिखेल अस्पतालको पूर्वाधारमा केयूको दाबी

धुलिखेल अस्पतालको पूर्वाधारमा केयूको दाबी

830
Shares
धुलिखेल अस्पतालको पूर्वाधारमा केयूको दाबी

काभ्रे । पछिल्लो समय केयू र धुलिखेल अस्पताल नेतृत्वबीच असमझदारी बढ्दो छ ।

यस सँगै काठमाडौं विश्वविद्यालय (केयू) ले धुलिखेल अस्पतालका पूर्वाधारमा दाबी गरेको छ । ६ जेठमा केयूका उपलकुलपति भोला थापाले प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाललाई पत्र लेख्दै धुलिखेल अस्पतालको पूर्वाधारमा दाबी गरेका हुन् ।२०६५ देखि शिक्षण अस्पतालका कार्यक्रम सञ्चालन र पूर्वाधार विकासका लागि मात्र ७ अर्ब २५ करोड लगानी गरेको केयूको दाबी छ ।

अस्पतालले सञ्चालन अनुमति लिएको ५० शय्या बाहेकका सम्पूर्ण पूर्वाधारमा आफ्नो भएको भन्दै केयूले दाबी गरेको हो । दुई पक्षबीच २०६० मा भएको सम्झौतामा अस्पतालको विधान संशोधन गरेर जायजेथाको स्वामित्व विश्वविद्यालयको हुने व्यवस्था गर्ने सहमति भएकाले उदारतापूर्वक लगानी गरेको केयूको दाबी छ । 

अहिले अस्पतालले एकतर्फी रूपमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनका लागि अनुमति मागेकाले आफूले लगानी गरेको ४०० शैयाको पूर्वाधार पाउनुपर्ने केयूको दाबी छ ।

विश्वविद्यालयको प्रत्यक्ष व्यवस्थापना अस्पताल सञ्चालन र स्वास्थ्य सेवा सुरु गर्न आगामी वर्षको बजेटमा ५० करोड माग गरेको छ ।

830
Shares

ट्रेन्डिङ