सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  •  जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ घाइते

 जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ घाइते

705
Shares
 जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ घाइते

 गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

सोमबार बिहान कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ ओक्याङमा चन्द्रकोटबाट पुर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको जिप दुर्घटना भएको थियो । जिपमा ८ जना सवार थिए ।

दुर्घटनामा परेर सत्यवती गाउँपालिका वडा नम्बर ८ भार्से निवासी ३२ वर्षकी कमला बुढाथोकीको मृत्यु भएको हो ।

घाईते हुनेहरुमा २९ वर्षका केशव राना, ३७ वर्षकी रिता छन्तेल, ४ वर्षकी ईरिसा छन्तेल, २६ वर्षका अजय नेपाली, ७५ वर्षका टेकबहादुर काला, ४६ वर्षका दुरपति बराल र २३ वर्षका मेख बराल रहेको प्रहरीले जनाएको छ ।

 घाइते सबैलाई थप उपचारको लागि पाल्पा पठाइएको छ ।

705
Shares

ट्रेन्डिङ