सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • टी-२० विश्वकप : नेपाल बङ्गलादेशसँग २१ रनले पराजित

टी-२० विश्वकप : नेपाल बङ्गलादेशसँग २१ रनले पराजित

670
Shares
टी-२० विश्वकप : नेपाल बङ्गलादेशसँग २१ रनले पराजित

 टी-२० विश्वकपअन्तर्गत समूहको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग २१ रनले पराजित भएको छ । 

सोमबार बिहान जितका लागि बङ्गलादेशले दिएको एक सय सात रनको लक्ष्य पछयाएको नेपाल निर्धारित १९.२ ओभरमा सबै विकेटको क्षतिमा ८५ रनमा समेटियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको बङ्गलादेशले १९.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६ रन बनाएको थियो ।

बलिङमा नेपालका सोमपाल कामी, कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले दुई दुई विकेट लिए । बङ्गलादेशविरुद्ध दुई विकेट लिएसँगै सन्दीप लामिछानेको टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेट पूरा गरे ।

यस नतिजासँगै बङ्गलादेश समूह ‘डी’ को उपविजेता बन्दै सुपर आठमा पुगेको छ । यस्तै समूहमा अपराजित दक्षिण अफ्रिका लगातार चार खेल जित्दै आठ अङ्कसहित शीर्षस्थानमा रह्यो ।

नेपाल र बङ्गलादेशबीचको नतिजाले नदेरल्यान्ड्स पनि विश्वकपबाट बाहिरियो । श्रीलङ्का र नेपाल यसअघिनै बाहिरिएका थिए । यससँगै जारी विश्वकपमा सुपर आठको समिकरण पनि पूरा भएको छ ।

670
Shares

ट्रेन्डिङ