काभ्रे :- जिल्लाको तेमाल गाउपालिका वडा न ८ रोशी खोलामा एक महिलाको शब फेला परेको छ ।
आज साझ ६ बजे तेमाल गाउँपालिका वडा न ८ पानथली स्थित रोशी खोलाको बगरमा डुबी रहेको अवस्थामा ३०/४० वर्षको जस्तो देखिने एक महिलाको शव फेला परेको काभ्रे प्रहरीले जनाएको छ ।
रोशी खोलामा मृत भेटिएकी महिलाको पहिचान हुन सकेको छैन ।शव भेटिएको महिलाको शरीरमा कुनै कपडा समेत नरहेको प्रहरीले जनाएको छ ।
काभ्रे प्रहरीका अनुसार ईलाका कार्यलय मङलटारको टोलीले थप अनुसन्धान गर्दै रहेको जनाएको छ ।