सबैको समाचार
सोमवार, असार ८, २०८३
  • होमपेज
  • गठ्ठाघर दुर्घटना : ट्राफिक प्रहरीमाथि आक्रमण गर्नेलाई कारबाही हुने

गठ्ठाघर दुर्घटना : ट्राफिक प्रहरीमाथि आक्रमण गर्नेलाई कारबाही हुने

905
Shares
गठ्ठाघर दुर्घटना : ट्राफिक प्रहरीमाथि आक्रमण गर्नेलाई कारबाही हुने

भक्तपुर । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका छन् । 

गृहमन्त्रीको निर्देशनपछि प्रहरीमार्फत घट्नास्थलको सीसीटिभी फुटेज बाहिरिएको छ । उक्त ‘फुटेज’ हेर्दा ट्रक चालक मुख्य दोषी रहेको पाइएको छ ।

बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोक नजिकै ना. ६ ख. २१७३ नम्बरको ट्रकले बा. ३९ प. ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका‐४ छहरे स्थायी घर भई हाल काठमाडौँ कपनमा बस्दै आएका ६५ वर्षीय उत्तम कोइरालाको मृत्यु भएको थियो ।

ट्रक चालक सर्लाही मलङ्गवा नगरपालिका-२ बस्ने ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई बिहीबार साँझ काठमाडौँको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी प्रहरी वृत्त ठिमीको जिम्मा लगाएको छ ।

905
Shares

ट्रेन्डिङ