सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • गुडिरहेको बसमाथि ढुङ्गा खस्दा दुर्घटना :१९ जना घाइते

गुडिरहेको बसमाथि ढुङ्गा खस्दा दुर्घटना :१९ जना घाइते

475
Shares
गुडिरहेको बसमाथि ढुङ्गा खस्दा  दुर्घटना :१९ जना घाइते

चितवन  । मुग्लिन नारायणगढ सडकखण्डको सत्रकिलोमा गुडिरहेको बसमा पहाडबाट खसेको ढुङ्गा लाग्दा बसमा सवार १९ जना घाइते भएका छन् ।

रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बस माथि आज दिउँसो १:५० बजेतिर ढुंगा खसेको थियो । त्यसपछि चालक आत्तिएर बस अनियन्त्रित भएर सडकमै पल्टिएको हो ।

दुर्घटनामा परी घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर भएको प्रहरीले जानकारी दिएको छ । घाइते भएका ९ जनाको भरतपुर अस्पतालमा, ८ जनाको पुरानो मेडिकल कलेजमा र ८ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।

पल्टिएको बस अहिले पनि घटनास्थलमै छ । सडक भने सुचारू गराइएको छ ।

475
Shares

ट्रेन्डिङ