सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • थप सात लाख युक्रेनी मानवीय सहायताको खोजीमा

थप सात लाख युक्रेनी मानवीय सहायताको खोजीमा

3350
Shares
थप सात लाख युक्रेनी मानवीय सहायताको खोजीमा

मानवीय सहयोग मामिला हेर्ने अन्तरराष्ट्रिय सङ्गठन (ओसिएचए)ले युक्रेनमा सन् २०१६ को तुलनामा थप सात लाख मानिसलाई आधारभूत मानवीय सहयोगको याचना गर्ने देखिएको शुक्रबार जनाएको छ ।  यससँगै यूक्रेनमा मानवीय सहायताको पर्खाइमा रहने नागरिकको सङ्ख्या ३८ लाख पुग्ने ओसिएचएको जेनेभास्थित कार्यालयले जनाएको हो ।
सरकार र रसिया पक्षधर विद्रोहीको द्वन्द्वग्रस्त क्षेत्रमा मानवीय सहायताको पखाईमा लाखाँै मानिस आधापेट खाएर बाँचिरहेका छन् उक्त सङ्गठनले जनाएको छ ।
राष्ट्रसङ्घका अनुसारमा युक्रेनमा सन् २०१४ को अप्रिलमा सुरु भएको द्वन्द्वका कारण १० हजार युक्रेनीको मृत्यु भएकोमा दुई हजार सर्वसधारण रहेका छन् ।
प्रभावित क्षेत्रमा सरकारी कर्मचारीद्वारा खाद्यान्न, ओषधिलगायतका सामान ढुवानीमा अवरोध पु¥याउँदा समस्याआउने गरेको बताइएको छ । रासस÷सिन्ह्वा

3350
Shares

ट्रेन्डिङ