सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

1065
Shares
श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

काठमाडौं । रुकुमपश्चिममा श्रीमानको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्।

चौरजहारी नगरपालिका वडा नम्बर २ की दीपा कुमाललाई श्रीमान मधु कुमालको हत्या अभियोगमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।

३२ वर्षीया दीपाले ४० वर्षीय मधुको टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको आरोप लागेको जिल्ला प्रहरी प्रमुख तथा डिएसपी नवराज पोखरेलले जानकारी दिए।

डिएसपी पोखरेलका अनुसार दीपा र मधुका १६ वर्षीय छोरा खिमले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए।

घरायसी विवादका क्रममा दीपाले मधुलाई चिपर्ट प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी पोखरेलले जानकारी दिए।

मृतकको शव अहिले पोस्टमर्टमका लागि जिल्ला अस्पताल सल्ले लगिएको छ।

घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको बताएको छ।

1065
Shares

ट्रेन्डिङ