सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • पनौतीको १६ औं नगर सभा सम्पन्न , विकास बजेटकै ४६ करोड कटौती

पनौतीको १६ औं नगर सभा सम्पन्न , विकास बजेटकै ४६ करोड कटौती

305
Shares
पनौतीको १६ औं नगर सभा सम्पन्न , विकास बजेटकै ४६ करोड कटौती

काभ्रेपलाञ्चोक । असोज दोस्रो साताको बाडी र पहिरोको कारण धेरै क्षेति भएकों पनौती नगरपालिकाले यस अगाबै स्वीकृत गरेको विकास बजेट लाई कटौती गरेको छ।

यस अगाबै नगर सभाले स्वीकृत गरेको विकास बजेट ५७ करोड ७,३ लाख ७५ रहेकोमा आज बसेको १६ औं नगर सभाले बजेट कटौती गरेर ११ करोड कायम गरेको छ।

बाडी र पहिरो बाट १९ जनाले ज्यान गुमाएका थिए । भने नगरभरका ५८६ घर पूर्ण क्षेति , ९४४ आंशिक क्षेति तथा कृषि तर्फ मात्र ४५ करोड १७ लाख ६ हजार भन्दा धेरै क्षेति भएको छ। भने थुप्रै विद्यालय , सिंचाई , बाटो , र मेलम्ची पछि ठुलो मानिएको काभ्रे उपत्यका एकीकृत खानेपानी , धुलिखेल खानेपानी निजि निवास र निजि सम्पति गरी अर्बौको क्षेति भएको नगरले जनाउदै आएको छ।

१६ औं नगर सभालाई सबै जनप्रतिनिधिले नगरको क्षेतिको पुन: स्थापनाको लाई ध्यान आकर्षण गराएका थिए। भने नगरका विकासको लागी सबैपक्षलाई अपिल भएको जानकारी दिदै ” नगरका विषयमा र जनप्रतिनिधिका विषयमा आएका बाहिर कुरा नसुनी आधिकारीकतालाई ख्याल गर्न सबैलाई अनुरोध गर्नु भयो भने सबैको सहकार्यका लागी अपिल गर्छु ” भन्दै भण्डारीले बजारमा चलेका खानी कि पानी भन्ने कुरामा हामी दुवै भएको नगर भएकाले दुबैलाई व्यवस्थित गर्दै पुन : संचालन गरिने जानकारी दिनु भयो।

सो संगै नगरसभाले सम्पति करमा छुट दिने , खोलाको मापदण्ड तय गर्ने , साधारण निर्माणमुखी रोडा ढुंगा उद्योगहरुबाट प्रयोग भएका जग्गामा चालु आबको करमा ५० % छुट दिने , र अहिले सम्म कर बुझाई सकेका नागरिकको हकमा पनि अर्को आबमा विल रसिदका आधारमा अर्को आबमा समेत कायम गरिने भएको छ।

305
Shares

ट्रेन्डिङ