सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • सक्सेस एब्रोड स्टडी बनेपामा सहभागी हुनेलाई विशेष छुट

सक्सेस एब्रोड स्टडी बनेपामा सहभागी हुनेलाई विशेष छुट

215
Shares
सक्सेस एब्रोड स्टडी बनेपामा सहभागी हुनेलाई विशेष छुट

काभ्रेपलाञ्चोक । सक्सेस एब्रोड स्टडीको काभ्रेको बनेपा शाखाले ‘एप्लिकेशन डे’को आयोजना गर्ने भएको छ ।

जेठ २२ बिहीबार बिहानको ९ बजेदेखि कार्यक्रम सञ्चालन हुने बनेपा शाखाले जनाएको छ । कार्यक्रममा सहभागी हुने विद्यार्थीमध्ये १०० जना विद्यार्थीलाई तयारी कक्षामा शतप्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ भने २० जना विद्यार्थीलाई विशेष उपहारको व्यवस्था गरिएको छ ।

‘एप्लिकेशन डे’ मा कक्षा १२ को परीक्षा दिएर बसिरहेका विद्यार्थीहरु सहभागी भएर उपलब्धि मुलम जानकारी लिन सकिने सक्सेस एब्रोड स्टडीको सिईओ उद्धव प्रसाद तिमल्सिनाले बताए ।

वैदेशिक अध्ययनका लागि जापान, अस्ट्रेलिया, क्यानडा, कोरीया, अमेरिका लगायतका देशहरुमा जान चाहने विद्यार्थीहरुका लागि विशेष दिन हुने विश्वास लिइएको आयोजक पक्षले जनाएको छ ।

भाषा तयारी कक्षाका लागि ‘एप्लिकेशन डे’ मा भर्ना हुने विद्यार्थीहरुले विशेष अवसर पनि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी अनुभवी परामर्शदाताद्धारा परामर्श लिई विद्यार्थीले आफू जान चाहेको देश, त्यहाँकाे विश्वविद्यालयबारे बुझ्न सक्नेछन् ।

सक्सेस एब्रोड बनेपाले विगत ८ वर्ष देखि विद्यार्थीहरुलाई विश्वसनिय र भरपर्दाे परामर्श सेवा दिँदै आएको छ । याे बनेपा सहरमध्येकै एक अग्रणी शैक्षिक परामर्श संस्था मध्येमा पर्छ ।

यस संस्थाले विश्वमा ख्याति प्राप्त जापान, अष्ट्रेलिया, क्यानडा, दक्षिण कोरीया, युके, युएसए, डेनमार्कका विश्वविद्यालय र क्याम्पसहरुमा पठाउने गरेको छ ।

अन्तर्राष्ट्रिय स्तरको शिक्षामा उडान भर्नमा विद्यार्थीहरुलाई सहजीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सक्सेस एब्रोड अफ बनेपाले आईईएलटीएस, पिटीई, डुओलिङ्गोका तयारी कक्षा सञ्चालन गर्दै आएको छ ।

215
Shares

ट्रेन्डिङ