सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु

स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु

2535
Shares
स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको दोधारा चाँदनी नगरपालिका–९ शान्ति टोलका देव नाथले चलाएको युके ०६ बिई ९३८२ नम्बरको स्कुटर आइतबार दुर्घटना भएको थियो। स्कुटरले ५४ वर्षीया दुर्गादेबी बास्तालालाई ठक्कर दिएको थियो।

स्कुटर पल्टीदा चालक नाथ घाइते भएका थिए। चालक नाथको भारतमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।  दुर्घटनामा घाइते भएकी पैदलयात्री दुर्गाको दोधारा चाँदनी अस्पतालमा उपचार भइरहेको छ।

2535
Shares

ट्रेन्डिङ