सबैको समाचार
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • धुलिखेलको संस्कृति र पहिचान प्रवर्द्धनमा महोत्सवले सहयोग पुर्‍याउनेछ :- नगरप्रमुख ब्यान्जु

धुलिखेलको संस्कृति र पहिचान प्रवर्द्धनमा महोत्सवले सहयोग पुर्‍याउनेछ :- नगरप्रमुख ब्यान्जु

460
Shares
धुलिखेलको संस्कृति र पहिचान प्रवर्द्धनमा महोत्सवले सहयोग पुर्‍याउनेछ :- नगरप्रमुख ब्यान्जु

काभ्रे । धुलिखेल रंगशालामा सुरु भएको “धुलिखेल महोत्सव–२०८२” धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्यान्जुले आज एक समारोहबीच उद्घाटन गर्नुभयो।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख ब्यान्जुले महोत्सवले स्थानिय नागरिकको आर्थिक जीवनस्तर सुधार गर्न, धुलिखेलमा रहेको फरक संस्कृति, परम्परा र सस्कारको प्रचार–प्रसारसँगै स्थानीय पहिचान स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

आकाश भैरव क्लब धुलिखेलको आयोजनामा र धुलिखेल नगरपालिकाको संरक्षकत्वमा आयोजना गरिएको यो महोत्सवमा कृषि, संस्कृति, पर्यटन र व्यापार प्रवर्द्धनका उद्देश्यसहित ८० वटा स्टलहरू राखिएका छन्। ती स्टलहरूमा घरेलु उत्पादनदेखि स्थानीय उत्पादन र विभिन्न सामग्रीहरूको प्रदर्शनी गरिएको छ।

महोत्सवको उद्घाटन सत्रमा स्थानिय सङ्घ–संस्था, जनप्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय उपस्थिती रहेको थियो।

महोत्सव मंसिर ३ गतेसम्म सञ्चालन हुनेछ। मेला अवधिभर धुलिखेलका जात्रा–पर्वमा प्रयोग हुने रथहरू पालिकाको पुरानो बजार क्षेत्रमा प्रदर्शनीका लागि राखिएका छन्। साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम, बालबालिका तथा परिवारमैत्री गतिविधिहरू पनि आयोजना गरिनेछन्।

आयोजक क्लबका अनुसार, यो महोत्सवले धुलिखेललाई सांस्कृतिक, पर्यटकीय र व्यापारिक गन्तव्यका रूपमा स्थापित गर्न टेवा पुर्‍याउनेछ।

460
Shares

ट्रेन्डिङ