सबैको समाचार
बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • नेपाल मन्दिरकै मन्दिरको देश हो, निर्माण तत्काल सुरु गर्नुस : मन्त्री सुरेश श्रेष्ठ

नेपाल मन्दिरकै मन्दिरको देश हो, निर्माण तत्काल सुरु गर्नुस : मन्त्री सुरेश श्रेष्ठ

ऐतिहासिक बछलादेवी मन्दिर निर्माण शिलान्यास

365
Shares
नेपाल मन्दिरकै मन्दिरको देश हो, निर्माण तत्काल सुरु गर्नुस : मन्त्री सुरेश श्रेष्ठ

काभ्रे :-धुलिखेल नगरपालिका वडा नं. ९ र ११ को सिमाना, दुई खोलाको सँगमस्थलमा अवस्थित ऐतिहासिक बछलादेवी मन्दिरको निर्माण शिलान्यास सम्पन्न गरिएको छ। पाँच पाण्डवले खाना पकाएको किम्बदन्तीसँग जोडिएको तथा त्यहीँबाट देवी प्रकट भएको विश्वास रहेको यो स्थल स्थानीयको आस्थाको प्रमुख केन्द्र मानिन्छ।


सत्ययुगमा पाँच पाण्डवले पकाएको खाना भाते ढुकुरो भक्तपुर पुगेर खन्याएर । त्यहाँको नाम भाते ढिकुरो रहन गएको किम्बदन्ती सङ जोडिएको बछलादेबी मन्दिरमा स्थानीयले दसैँ भित्र्याउनेदेखि नवमीको जात्रा परम्परागत रूपमा गर्दै आएको स्थानीय उत्तबहादुर श्रेष्ठ (राजकुमार) बताउनुहुन्छ।

शिलान्यास गर्दै बाग्मती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले नेपाल मन्दिरकै मन्दिरको देश भएकाले धार्मिक संरचना अधुरो हुन नदिने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले, “निर्माण तत्काल सुरु गर्नुस,” भन्दै जिम्मेवार निकायलाई निर्देशनसमेत दिनुभयो। प्रदेश सरकारको लागत साझेदारीमा सञ्चालन हुने पुनर्निर्माणले स्थानीयको आस्था, देशको ऐतिहासिकता र धार्मिक धरोहर जोगाउन मद्दत पुग्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।

मन्दिर निर्माणका लागि स्थानीयले सप्ताहा मार्फत उठाएको २६ लाख रुपैयाँमा प्रदेश सरकारको १० लाख रुपैयाँ थप भई उपभोक्ता समिति मार्फत काम सुरु गरिएको छ।बछलादेवी मन्दिरको पुरानो पाटी भत्किएपछि वर्षौँदेखि कुनै भौतिक संरचना नबनेको स्मरण गर्दै, मन्दिर परिसरमा पार्क निर्माणसमेत समेटिएको डीपीआर अनुसार काम अघि बढाइने निर्माण समितिका अध्यक्ष तथा स्थानीय प्रदीप चौलागाईले जानकारी दिनुभयो।


समितिले प्रदेश सरकारको बजेट आगामी असार मसान्तभित्र फछ्र्यौट गर्नुपर्ने दायित्व रहेको समेत उहाँको भनाइ थियो। धुलिखेल नगरउप प्रमुख निराजन जङम सहित वडा अध्यक्षहरु वडा न ११ नारायण प्र बडाल , वडा न ९ कार्यबाहक वडा अध्यक्ष बालकृष्ण गौतम लगाएत स्थानिय तथा समाजसेविको बाक्लो उपस्थितीमा शिलान्यास गरिएको हो ।

365
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका