सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • संशोधन प्रस्ताव पारित नभए मोर्चाले चुनावमा भाग नलिने

संशोधन प्रस्ताव पारित नभए मोर्चाले चुनावमा भाग नलिने

4055
Shares
संशोधन प्रस्ताव पारित नभए मोर्चाले चुनावमा भाग नलिने

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन प्रस्ताव पारित गरेर मात्रै निर्वाचन प्रक्रिया अगाडि बढाउन र अन्यथा आफूहरु निर्वाचनमा भाग नलिने निर्णय गरेको छ ।
मोर्चाका आज यहाँ बसेको बैठकले संविधान संशोधन प्रक्रिया नै आफूहरुको प्रमुख सर्त भएको भन्दै सोही प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेको हो । सो बारेमा बुधबार पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग छलफल गर्ने निर्णय गरेको मोर्चाका नेता केशव झाले राससलाई जानकारी दिनुभयो ।
उहाँले संविधान संशोधन प्रस्तावमाथि परेको संशोधन प्रस्तावलाई मिलाएर प्रस्ताव अगाडि बढाउन माग गरिएको बताउनुभयो । त्यसो हुन नसके निश्चित दिनको समयसीमा दिएर सरकारबाट समर्थन फिर्ता लिनेसम्मको निर्णय हुने उहाँको भनाइ छ । रासस

4055
Shares

ट्रेन्डिङ