सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • जर्मन संस्थाले बनाएको आवास हस्तान्तरण

जर्मन संस्थाले बनाएको आवास हस्तान्तरण

5215
Shares
जर्मन संस्थाले बनाएको आवास हस्तान्तरण

जर्मन संस्था क्यारी सिमु इवीको सहयोगमा नुवाकोटको चारघरेमा निर्माण गरिएको भूकम्प प्रतिरोधी आवास सञ्चालनमा ल्याइएको छ ।
हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सीता मिजारलाई घरको साँचो हस्तान्तरण गर्दै संस्थाले बनाएका ३० वटा घरको हस्तान्तरण गर्नुभएको हो ।
जर्मनीमा बसोबास गर्दै आएका नेपालीले स्थापना गरेको संस्थाको सहयोगमा विदुर नगरपालिका–१२ साविकको चारघरे–३ मा रहेका विपन्न तथा पिछडिएका बासिन्दाका लागि निर्माण गरिएको भवन हस्तान्तरण गर्दै भूकम्पले पु¥याउने क्षतिको प्रतिकारस्वरुप भूकम्पप्रतिरोधी आवास निर्र्माण गरेर सुरक्षित रहनुपर्ने हास्य कलाकार श्रेष्ठले सुझाव दिनुभयो ।
भवन हस्तान्तरण कार्यक्रममा हास्य कलाकार हरिवंश आचार्यले स्थानीय स्रोत र साधनको प्रयोग गरी कम लगानीमा निर्माण भएको भवनलाई अन्य स्थानमा समेत अनुसरण गर्न सिकाउनुपर्ने बताउनुभयो ।
बोरामा माटो भरेर त्यसकै गाह्रो बनाएर निर्माण गरिएको भवनमा बाहिरबाट सामान्य रुपमा सिमेन्टको ढलान गरी एक घर बनाउँदा रु तीनलाख खर्च भएको संस्थाका संयोजक डा रोशी सोइटरले बताउनुभयो ।
क्यारी सिमु इवी संस्थाले चारघरेमा १५० घर बनाउन अनुमति लिएकाले बाँकी घर निर्माणको प्रक्रियामा रहेका छन् । रासस

5215
Shares

ट्रेन्डिङ