सबैको समाचार
शनिबार, भदौ ६, २०८३

जङ्गली जनावर ओतको उद्धार

10220
Shares
जङ्गली जनावर ओतको उद्धार

पोखरा लेखनाथ महानगरपालिका–१७ स्थित हिमाली टोलमा आज बिहान देखिएको नौलो जङ्गली जनावर ओत (भ्याल्से)लाई जिल्ला वन कार्यालयको प्राविधिक टोलीले उद्धार गरेको छ । झिसमिसेमै यसअघि नदेखिएको ओत टेलिफोनको खम्बामा देखिएपछि त्रसित टोलवासीले जिल्ला वन कार्यालयमा सूचना गरेसँगै आएको प्राविधिक टोलीले सो जनवारलाई उद्धार गरी सराङकोटस्थित ठोट्रनेखोला सामुदायिक वनमा छाडिएको जिल्ला वन अधिकृत केदार बरालले जानकारी दिनुभयो ।
बरालका अनुसार ग्रामीण क्षेत्रमा जङ्गली क्षेत्रको वृद्धिसँगै जङ्गली जनावरको सङ्ख्यामा वृद्धि भएपछि खानेकुराको अभावमा जनावर सहरमा पस्ने क्रम बढेको छ । एक महिनाअघि पोखराको रानीपौवा र सशस्त्र प्रहरी बल कालिका गण परिसरलगायत विभिन्न स्थानबाट पनि ओतको उद्धार गरी रानीवनमा छाडिएको पुम्दीभुम्दी इलाका वन कार्यालयका वनरक्षक सूर्य कोइरालाले जानकारी दिनुभयो । रासस

10220
Shares

ट्रेन्डिङ