काठमाण्डौ :- सर्लाहीको बयलबासबाट महोत्तरीको गौशलातर्फ जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई पोखरीमा डुब्दा चालकसहित २ जनाको ज्यान गएको छ ।
कार पोखरीमा डुब्दा बेपत्ता भएका कार चालक गौशाला नगरपालिका–१० सुरेश महतो र महोत्तरीको सोनमा गाउँपालिका–८ का रामाकान्त ठाकुरको ज्यान गएको हाे । महोत्तरीको गौशाला नगरपालिका–२ का जनक यादव भने पौडिएर निस्कनुभएको छ ।
आज बिहान ईश्वरपुर नगरपालिका–२ मियाँखोरको सरस्वती माध्यामिक विद्यालयको पोखरीमा अनियन्त्रित भई कार डुबेको थियो । पानीमा डुबेको कार पनि निकालिएकाे बर्दिबासको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीले जनाएको छ ।