सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नगरपालिका र गाउँपालिकामा उम्मेदवार चयन

नगरपालिका र गाउँपालिकामा उम्मेदवार चयन

4315
Shares
नगरपालिका र गाउँपालिकामा उम्मेदवार चयन

काँकडभिट्टा, १० जेठ । नेकपा (एमाले)ले झापाका अधिकांश नगरपालिका तथा गाउँपालिकाको प्रमुख तथा उपप्रमुख पदका उम्मेदवार चयन गरिसकेको छ । सुनसरीको इटहरीमा बसेको एमालेको प्रदेश कमिटीको बैठकले १० वटा नगरपालिका र पाँच वटा गाउँपालिका रहेको झापाको दमक नगरपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, बुद्धशान्ति नगरपालिका, कमल नगरपालिका, केचनाकवल गाउँपालिका र झापा गाउँपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवार चयन गरेको हो ।
दमक नगरपालिकाको प्रमुखमा रोमनाथ ओली र उपप्रमुखमा विष्णु बराल, भद्रपुर नगरपालिकाको प्रमुखमा जीवन श्रेष्ठ र उपप्रमुखमा चन्द्रा श्रेष्ठ, बुद्धशान्ति नगरपालिकाको प्रमुखमा चिन्तन पाठक र उपप्रमुखमा मिरा भुर्तेल, अर्जुनधारा नगरपालिकाको प्रमुखमा हरि राना, उपप्रमुखमा कमला आचार्य, कमल नगरपालिकाको प्रमुखमा मेनुका काफ्ले चयन भएका छन् ।
त्यसैगरी, केचनाकवल गाउँपालिकाको अध्यक्षमा शेरबहादुर खत्री र उपाध्यक्षमा धनमाया दाहाललाई चयन गरिएको छ भने झापा गाउँपालिकाको अध्यक्षमा गजेन्द्र ताम्ली (लिम्बू) र उपाध्यक्षमा कुन्तीदेवी बुढाथोकीलाई चयन गरिएको छ । बाँकी रहेका नगरपालिका र गाउँपालिकाका प्रमुख उपप्रमुखको टुङ्गो लगाउनका लागि नेकपा एमालेको सचिवालयको बैठक इटहरीमा जारी छ । आजै बेलुकासम्म प्रदेश नम्बर १ का उम्मेदवारको नाम सार्वजनिक गरिने नेकपा एमालेको उच्च स्रोतले जनाएको छ । रासस

4315
Shares

ट्रेन्डिङ