सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • आजदेखि फिफा कन्फेडेरेशन कप फुटबल

आजदेखि फिफा कन्फेडेरेशन कप फुटबल

4850
Shares
आजदेखि फिफा कन्फेडेरेशन कप फुटबल

काठमाडौं, ३ असार । आजदेखि फिफा कनफेडेरेशन कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । विश्वकप फुटबल २०१८ को ठीक एक वर्षअघि शनिबार सुरु हुन लागेको कनफेडेरेशन कप फुटबललाई विश्वकपका दाबेदारबिचको प्रतिस्पर्धाको रुपमा लिने गरिएको छ । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको तयारीको रुपमा हेरिएको प्रतियोगितामा आयोजक रुससहित विश्वविजेता, युरोकप विजेता र महादेशीय विजेता राष्ट्रको सहभागिता छ ।
आयोजक रुससँगै ओसेनिया क्षेत्रको च्याम्पियन न्युजिल्याण्ड, युरोकप विजेता पोर्चुगल, विश्वकप विजेता जर्मनी, एसियाली च्याम्पियन अस्ट्रेलिया, दक्षिण अमेरिकी च्याम्पियन चिली, मध्यअमेरिका तथा क्यारेबियन क्षेत्रको च्याम्पियन मेक्सिको र अफ्रिकन च्याम्पियन क्यामरुनले कनफेडेरेसन कप फुटबलको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । शनिबार उद्घाटन खेलमा आयोजक रुस र न्युजिल्याण्डबिच खेल हुनेछ । खेल सेन्ट पिटर्सबर्गमा रहेको रंगशालामा हुने खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ । यो प्रतियोगितामा गएको वर्ष युरोकप फुटबलको उपाधि जितेको पोर्चुगललाई बलियो दाबेदार मानिएको छ ।
आउँदो महिना पोर्चुगलले युरोकपको उपाधि जितेर इतिहास बनाएको एक वर्ष पुग्दैछ । क्रिष्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगल उपाधि जित्ने लक्ष्यका साथ रुस जाँदैछ । पोर्चुगलले आइतबार मेक्सिकोसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ । प्रतिस्पर्धामा रहेका ८ देशलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा आयोजक रुससँगै न्युजिल्याण्ड, पोर्चुगल र मेक्सिको छन् । यस्तै समूह ‘बी’ मा क्यामरुन, चिली, अस्ट्रेलिया र जर्मनी छन् । हरेक समूहको शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् । फाइनल खेल आउँदो जुलाई २ मा हुनेछ । यसअघि सन् २०१३ मा भएको कनफेडेरेसन कप फुटबलको उपाधि घरेलु टोली ब्राजिलले स्पेनलाई ३–० ले हराएर जितेको थियो ।

4850
Shares

ट्रेन्डिङ