सबैको समाचार
सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • खरो दरो र लिडरसिप मोराती भन्छन- मत गन्दागन्दै रोए

खरो दरो र लिडरसिप मोराती भन्छन- मत गन्दागन्दै रोए

4500
Shares
खरो दरो र लिडरसिप मोराती भन्छन- मत गन्दागन्दै रोए

काभ्रेको साविक ढुंर्खक हालको बेथानचोक गाउँपालिकामा जन्मिएका मोतिराम तिमिल्सना पत्रकारिता क्षेत्रमा कुनै नौलो नाम होइन । सानैदेखि चञ्चले र लिडरसिप स्वाभावको तिमिल्सना एक दशक भन्दा बढि अघिदेखि पत्रकारिता क्षेत्रमा विभिन्न संघर्षका साथ होमिएका थिए । केही गर्नलाई केही गुमाउनु पर्छ भन्ने सोचका साथ अघि बढेका मोराती खरो र लिडरसिप क्षमता भएका पत्रकारको रुपमा चिनिन्छ । पढदा पढदै बैकमा म्यानेन्जर र शिक्षक बन्ने सपना बुनेका उनको एकाएक मन बदलियो । पत्रकारिताको आवशयकता, क्षमता, भोगेको भोगाई , कसरी लाग्यो पत्रकारिता क्षेत्रमा ? समस्या चुनौती र विविध विषयमा आधारित रहेर पत्रकार राजकुमार गोले तामाङले नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमिल्सना(मोराती) सँग सोधेका थिए उनले यसरी सुनाए :
साझा संगठन बनाउने अभियान
यो एउटा प्रकृया हो । विधानले तोकेको अवधी भित्र अधिबेशन गरी नयाँ नेतृत्व चयन गर्ने प्रकृयाले संस्थाको गतिशिलता बढाउने काम गर्छ । हरेक पटक ब्यक्तिहरु फरक फरक चुनिएर आउँदा उ भित्र भएको उर्जालाई संस्थामा प्रयोग गर्ने अवसर प्राप्त हुन्छ । अघिल्लो नेतृत्वले पनि आफ्नो दायित्व र जिम्मेवारी पुरा गरेको छ । होला सोचे जस्तो उपलब्धी पुरा हुन सकेन तर पनि महासंघले गर्नु पर्ने नीतिगत कुराहरु भएकै थिए । आज त्यसलाई अलि धेरै गति दिनु पर्छ भन्ने कार्य समितिका सम्पूर्ण साथिहरुको कृयाशिलता भएकाले केहि कार्यहरु द्रुत गतिमा भएका हुन् । महासंघले हिजो गर्ने काम र आज गर्ने कामको स्वरुपमा केहि फरक छ । हामी जिल्लाका सबै कृयाशिल पत्रकारहरुको साझा संगठन बनाउने अभियानमा कृयाशिल छौं ।
पत्रकारको अवस्था दयनीय बन्दै
एकदमै राम्रो जिज्ञासा राख्नु भयो । यो पत्रकारहरुले मात्रै थाहा पाउनु पर्ने विषय होईन । काभ्रेमा पत्रकारहरुको अवस्था पहिलेको भन्दा केहि सुध्रेको छ । आर्थिक रुपले पत्रकारहरु सक्षम बन्दै गएका छन् । तर सोचेजस्तो सफलता प्राप्त भएको छैन । कारण के हो भने जिल्लामा रहेर राष्ट्रिय संचारमाध्यम टेलिभिजन, एफ एम रेडियो, अनलाईन र छापा माध्यममा काम गर्ने पत्रकार साथिहरुले समयमै तलब पाएको अवस्था छैन । जिल्लाका संचारमाध्यमहरुमा कार्यरत पत्रकारहरुको अवस्था पनि एकाध बाहेक दयनिय नै छ । समयमै पैसा नपाएपछि उसले गर्ने काम र गुणस्तरमा कस्तो अपेक्षा गर्ने ?
पत्रकार महासंघ यो विषयमा मौन छैन । हामी सबै कृयाशिल पत्रकारहरुलाई आत्म सम्मानका साथ बाँच्न सक्ने आर्थिक सबलताको पक्षमा छौं । त्यसका लागि केहि गृहकार्य भएका छन् । जुन परिणाम प्राप्त भएपछि मात्रै देखिन्छ । महासंघले त्यसको वकालत गर्छ तर पत्रकार साथिहरु आफै पनि त्यसका लागि क्षमतावान हुनु पर्छ । म पुरै सन्तुष्ट छृु । पेशाप्रति मात्रै होईन जिल्लामा केहि साथीहरु मात्रै हुनुहुन्छ जो पत्रकारिता जुन संचारमाध्यमबाट शुरु गर्नु भयो हालसम्म डेड दशकसम्म त्यहि संचारमाध्यममा कृयाशिल रहने । त्यस भित्र म पनि पर्छु । मैले पत्रकारिता शुरु गरेको जिल्लाबाट प्रकाशन हुने साप्ताहिक चेष्टामा १६ वर्ष देखि अनवरत कृयाशिल छुृ । सन्तुष्ट थिईन भने सायद कि पेशा परित्याग गर्दथें कि यो पत्रिका छाडेर अन्यत्र लाग्दथें ।
प्रविधिको युग देख्दा अचम्म लाग्थ्यो
साँच्चै तपाईले राख्नु भएको जिज्ञासा सान्र्दभिक छ । अहिलेको युग र त्यतिखेरको युग धेरै फरक थियो । हुन त पछिल्लो पुस्तालाई त्यो कुरा भनिरहँदा पत्याउन मुस्किल छ । २०५७ सालको कार्तिक महिना थियो । चेष्टा साप्ताहिकमा मैले बजार प्रतिनिधिको रुपमा काम शुरु गरेको थिएँ । गाउँबाट बनेपा अध्ययनका लागि बसिरहँदा कामको सिलसिलामा मैले पत्रिका रोजेको थिएँ । पहिलो पटक टेलिफोन सेट देख्दा, टेलिफोनमा कुरा गरेको सुन्दा, फोन आउँदा समेत अचम्म लाग्थ्यो । अहिले जन्मँदै बच्चाहरुले मोवाईलमा आउने धुनहरुले मख्ख पर्छन । उतिबेला हामीले देख्ने कम्प्युटर, छुने कम्प्युटर, डाटा ओसारपसारका लागि प्रयोग गर्ने फ्लपी, सिडी, रेकर्डर अहिले कहाँबाट कहाँ पुगिसके । एक शब्दमा भन्नु पर्दा हिजो प्रविधिको प्रयोग कम थियो जाँगरिलो पत्रकारिता थियो । आज प्रविधिका कारण अल्क्षि पत्रकारिताको क्रम बढेको छ ।
पत्रकारिताको क ख सिकाउने नै भोजराज र अशोक
मैले पत्रकारिताको शुरुवात गरिरहँदा तत्कालिन महासंघका सभापति एवं चेष्टा साप्ताहिकका सम्पादक भोजराज तिमल्सिना, प्रकाशक अशोक ब्याञ्जुको उत्प्रेरणा महत्वपूर्ण थियो । महासंघले बनेपाको एड्रा नेपालमा दिएको २०५८ सालको आधारभुत पत्रकारिता तालिम नै मेरा लागि पत्रकारिताको जग बन्न पुग्यो । आज तालिमका कुरा ग¥यो भने पत्रकारितामा धेरै म मात्र जान्ने सुन्ने भन्ने भ्रम पर्न थालेको छ । भाषाको शुद्धाशुद्धि, समाचारको प्रस्तुती, फिचर लेखन, खोज पत्रकारिता त्यसको प्रभावका बारेमा हिजो जति गाम्भिर्यता थियो आज पाईदैन । कार्यक्रम भए मात्र समाचार हुन्छ भन्ने भ्रम आजभोली हुन थालेको छ ।
पत्रकारिता क्षेत्रबाटै बाँचिरहेको छु
म आफु मात्रै होईन मेरो परिवार पनि पत्रकारिता क्षेत्रबाटै बाँचिरहेको छ पत्रकारिता क्षेत्रमा मैले प्राप्ति बाहेक गुमाएको केहि छैन । काभ्रेपलाञ्चोक जिल्लामा जन्मिएर विभिन्न क्षेत्रमा काम गर्ने ब्यक्तिहरु हुनुहन्छ । पत्रकारिता क्षेत्रमा पनि जिल्लाका थुप्रै ब्यक्तिहरु कृयाशिल हुनुहुन्छ । म आज जुन स्थानमा छु त्यो पत्रकारिता पेशाकै कारण हो । पत्रकारिताकै माध्यमबाट म पाकिस्तानमा भएको निर्वाचनको अवलोकन गरेर फर्किएको छु । राष्ट्रपति विद्या देवी भण्डारीद्वारा प्रेस काउन्सिलबाट शसक्त लेखन पत्रकारिता पुरस्कार प्राप्त गरेको छु । जिल्लामा उक्त पुरस्कार प्राप्त गर्ने पत्रकार म नै पहिलो हुँ । मान, सम्मान, इज्जत, प्रतिष्ठा सबै पत्रकारिता क्षेत्रबाटै प्राप्त गरेको छ । म आफु मात्रै होईन मेरो परिवार पनि पत्रकारिता क्षेत्रबाटै बाँचिरहेको छ । जीवन सहज भएको छ ।
देशका प्रमुख ब्यक्ति राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान गर्दा

जीवनमा पलपलका अविश्मरणीय क्षण छन् । तर पनि सम्झनै लायक क्षणहरु केहि छन् । जसले जीवनका सुखद अनुभुतिहरु दिन्छन् । कयौ दुख र कष्टलाई झेलेकै कारण होला मलाई प्रेस काउन्सिलको २०७३ असोज ६ गतेको बार्षिक उत्सव कार्यक्रममा मलाई सम्मान गरियो । जुन सम्मान मेरो जीवनकै सबै भन्दा ठुलो सम्मान थियो । हालसम्म मैले ५० भन्दा धेरै वटा सम्मान प्राप्त गरिसकेको छु । तिनै सम्मानहरुले मलाई उक्त सम्मान दिलाउन सफल भयो । देशका प्रमुख ब्यक्ति राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान गरिरहँदा मैले जानीनजानी निरन्तर पत्रकारिता क्षेत्रमा पु¥याईरहेको योगदानको कदर भए जस्तो लाग्यो ।

मत गन्दागन्दै रोए
अर्काे क्षण भनेको २०७४ जेष्ठ ६ गते हो । मलाई प्रेस चौतारी नेपालले फागुन ८ गते नेपाल पत्रकार महासंघ काभ्रे शाखाको सर्वसम्वत अध्यक्षको उम्मेदवार बनाउने घोषणा ग¥यो । विगतमा जस्तै विभिन्न संगठनहरुसँग एकताको प्रयास पनि भयो तर प्रयास असफल भयो । सबै संगठन एकातिर प्रेस चौतारी मात्रै एकातिर । मलाई निर्वाचन भईरहँदा जितिन्छ जस्तो लाग्या थिएन । जब मतगणना कार्य शुरु भयो तब मेरो मन चसक्क भयो । ढक्क फुल्यो । २५ मत गन्दै मेरो १५ मत आएपछि मलाई जितिन्छ कि भन्ने भयो । ५० मत आउँदा आधा भन्दा धेरैले अगाडी भएँ । १०० मत गन्दा त जित्ने निश्चिन्त भयो । मतगणना सुनेर बसेका साथिहरु मलाई हौसला दिईरहेका थिए तर मेरो मनले मानिरहेको थिएन । जब मैले जितें तब मेरा आँखाबाट आँशु आए । म धेरै बेर रोएँ । आँशु थाम्नै सकिन । केहि साथीहरुले सम्झाउनु भयो तर पनि मलाई खुशीको आँशुले रोक्न सकेन । त्यो क्षण मेरा लागि अविश्मरणीय थियो । कामको मुल्याकंन हुने रहेछ मान्छेमा धैर्यता आवश्यक रहेछ ।

पत्रकारितामा रस धेरै आम्दानी थोरै
शुरु शुरुमा पत्रकारिता पेशा छाड्ने कि जस्तो लाग्थ्यो । जतिबेला रस धेरै थियो तर आम्दानी थिएन । अहिले पत्रकारिता पेशामा मेहनत ग¥यो भने सबै थोक छ । जीवनको आधा र उर्जाशिल समयको लगानी भईसकेकाले अब परिवर्तन गरिदैन होला । बेकार गरेछु जस्तो लाग्यो छैन । अब त झनै लाग्दैन होला ।  भविष्यपनि प्रशस्तै छन् पनि । विस्तारै कम हुँदै गएको छ । पाठकहरुले पत्रिका र पत्रकारहरुलाई मुल्यांकन गरेर आफै त्यसलाई फैसला गर्न सक्ने हैसियत बनिसकेको छ । गुनासालाई विस्तारै कम गराउँदै लैजानु पर्छ । हामीले पनि तथ्यका आधारमा सत्य समाचारलाई जोड दिनु पर्छ । जसले पाठकको विश्वसनियता बढाउँदै लैजान्छ ।
पत्रकारितालाई ब्यवसायीक बनाउन आवश्यक
पत्रकारिता बाहेक अरु केहि सोचेको छैन । पत्रकारितामा पनि मैले शुरुमा प्रिन्ट मिडियामा लामो समय काम गरेपछि हामी पत्रकारहरुकै समुहले संचालन गरेको एफ एममा अलिक समय दिन थालें । त्यो झनै मजाको क्षेत्र रहेछ । अहिले हाम्रै समुहले टेलिभिजन पत्रकारिता र दैनिक पत्रिकाका बारेमा सोचिरहेको छ । आफ्नै प्रेस, जमिन र ब्यवस्थित कर्मचारी सहितको ब्यवस्थापन गरेर पत्रकारितालाई अझै ब्यवसायीक बनाउने योजनामा छौ । प्रेसलाई अंकुश लगाउन सरकारी पक्ष सधै अवसर खोजिरहेको हुन्छ । सूचनाहरु सकेसम्म नदिन पाए हुन्थ्यो भन्ने सोच छ । पत्रकारहरुको सुरक्षाका लागि राज्यका निकायहरु गम्भिर नै छन् । सूचनाको हकमा लुकाउन पाए हुन्थ्यो भन्ने सोच छ अरु कुरामा संवेदनशिल नै छन् ।
मेरो हकमा भन्ने हो भने पत्रकारिता क्षेत्रमा काम गर्दा सहयो राम्रौ छ परिवारबाट । परिवारको साथ, सहयोग र समर्थन विना कुनै काम पनि सफल हुँदैन । कुनै पेशा ब्यवसाय नै कठिन छ । परिवारको पूर्ण सहयोग छ । समय दिने कुरा त ब्यवस्थापन नै हो । मन पनि हो । समय र कामलाई ब्यवस्थापन गर्नु पर्छ । यति हुँदा हुँदै पनि सरकारी काम जस्तो विदा, विहान बेलुकाको समय भन्ने हुँदैन । त्यहि बेला परिवारलाई पनि समय चाहिएको हुन्छ । त्यसमा असुन्ष्टी हुनु स्वभाविक हो । त्यहि कारण पेशालाई असहयोग छैन ।
जहाँ समस्या त्यहाँ समाधान
समस्याहरु धेरै भोगियो । मैले तपाईले माथि सोधेका केहि प्रश्नहरुमा उत्तर पनि दिईसकें । आफ्नै साधन नहुँदा, साधन भएर पनि चलाउन नसक्दा, दक्ष जनशक्ति नहुँदा, भएको जनशक्तिलाई राम्रो रकम दिन नसक्दा थुप्रै समस्याहरु भएका छन् । जहाँ समस्या त्यहाँ समाधान । त्यसैले पत्रकारिता क्षेत्रका आफ्नै खाले समस्या छन् । आफ्नै खाले चुनौती छन् । जसलाई सामना गर्दै आगडी बढ्यो भने मात्रै सफलता प्राप्त हुन्छ । धैर्य आवश्यक छ ।
पत्रकारिताको नशा बस्यो र पत्रकार भएँ
खासमा म बैकमा म्यानेन्जर अथार्त शिक्षक बन्छु जस्तो लाग्या थियो । त्यहि भएर मैले ब्यवस्थापन संकायमा अध्ययन गरेको थिएँ । तर विस्तारै पत्रिकाको मार्केटिङ्ग गर्न शुरु भएपछि पत्रकारिताको नशा बस्यो र पत्रकार भएँ ।

4500
Shares

ट्रेन्डिङ

सम्बन्धित खवर