सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • छोटा कपडा र अंग प्रदर्शनीले मोडलिङ हुदैन:- मोडल सिर्जना

छोटा कपडा र अंग प्रदर्शनीले मोडलिङ हुदैन:- मोडल सिर्जना

5505
Shares
छोटा कपडा र अंग प्रदर्शनीले मोडलिङ हुदैन:- मोडल सिर्जना

ग्ल्यामरको रंगिन दुनियाँमा आफूलाई भुलाउने यूवावर्गको भिडमा आफूलाई उभ्याउन सफल प्रतिभा हुन् मोडल सिर्जना तामाङ । छोटो समयमा नै रंगिन संसारमा आफूलाई परिचित गराउन सफल उनले ट्याटु खोपेर, तिम्रो साथ पाउँदा, बाल मतलब छैन, उनको मेरो साथ, सिमलको भुवा, हाँस्दैमा मैच्याङ, म परदेशबाट लगायत दर्जनौं गीतको म्युजिक भिडियोमा अभिनय गरी आफूलाई मोडलका भिडमा प्रतिभावान सावित गरिसकेकी छिन् ।

त्यस्तै उनले तामाङ चलचित्र ‘म्लाङ प्वाँर’ मा आइटम नृत्य गरि चलचित्र क्षेत्रमा समेत पाइला अघि बढाएकी छिन् । बेथान–९ भोसा, रामेछापमा रामबहादुर तामाङ् र माता मासाङ् तामाङकी सुपुत्रीको रुपमा जन्मिएकी हुन् उनी । हाल भक्तपुर भक्तपुर–४ कमलबिनायकमा बसी ग्ल्यामरको क्षेत्रमा संघर्षरत उनी आफुलाई एक सफल मोडलको रुपमा परिचित गराउन चाहन्छिन् । मोडलको साथसाथै फिट्नेस ट्रेनरको रुपमा समेत व्यस्त छिन् उनी । सामान्य परिवारमा हुर्किएकी सृजना गित संगीतलाई पनि उतिकै माया गर्छिन । स्नातक तहमा अध्ययनरत २१ औं वसन्तमा यात्रारत उनै प्रतिभावान सिर्जनासंग गरिएको कुराकानीको सारांश :
➤ कलाकारिता के हो ?
यथार्थ जिवनमा घटिने घट्न क्रमहरुलाई जिवन्त अभिनयद्वारा प्रस्तुत गर्नु नै नै कलाकारिता हो ।

➤ यस क्षेत्रका राम्रा र नराम्रा पक्ष के के छन् ?
राम्रो र नराम्रो पक्ष सबै क्षेत्रमा हुन्छ । सही सदुपयोग भएमा राम्रो हुन्छ र दुरुपयोग भए नराम्रो पनि हुन सक्छ । त्यसैले यत्ती नै राम्रो र नराम्रो भनेर मूल्यान्कन गर्न सकिन्न । नराम्रा पक्षलाई त्यागेर राम्रा पक्षलाई अँगाल्दै आफ्नो पेशाप्रति बफादारिता पूर्वक लाग्न सक्नुपर्छ ।

➤ जीवन के हो ?
मेरो विचारमा जीवन एउटा संघर्ष हो, सुख र खुशीको लागि गरिने एस संघर्षमा कतै सुख त कतै दुख हुन्छ । यस्तै लाग्छ मेरो विचारमा जिबन भनेको ।

➤ आजकल के मा ब्यस्त हुनुहुन्छ ?
अहिले म मोडलिंगको क्षेत्रमा आफ्नो करियर बनाउन लागी परिरहेको छु । साथै फिट्नेस ट्रेनर भएको कारणले त्यता तिर नै ब्यस्त रहेको छु । बढी जस्तो म मोडलिंग तिर नै व्यस्त हुन्छु ।

➤ फुर्सदको समयमा के गर्न रुचाउनुहुन्छ ?
मलाई गित सुन्न, उपन्यास, सायरी पढ्न धेरै मन पर्छ ।

➤ कति भयो मोडलिङको क्षेत्रमा लाग्नुभएको ?
विद्यालय पढ्दा देखि नै कलाक्षेत्र प्रति आकर्षित थिए । नृत्यहरु विद्यालयदेखि नै गर्दै आएको छु । विभिन्न स्थानका साँस्कृतिक कार्यक्रममा सहभागी हुँदै कलाक्षेत्रमा लाग्दै आएकी थिए । मोडलिङको क्षेत्रमा लाग्ने सौख सानै देखि भए पनि यो क्षेत्रमा लागेको ७, ८ वर्ष भयो ।

➤ अहिले सम्म के केमा मोडलिङको गर्नु भयो ?
‘ट्याटु खोपेर’ भन्ने बोलको तामाङ सेलो गीतबाट म्युजिक भिडियोमा अभिनय गर्न थालेको हुँ । अहिले सम्म ११ वटामा मोडलिङ गरिसकें । अरु पनि गर्दैछु । केहि गीतहरुमा काम गर्ने पक्का भैसकेको छ ।

➤ अरु के गर्नु हुन्छ ?
म फिट्नेस ट्रेनर पनि हुँ । जुम्बा डान्स एरोविक जिम फिटनेस क्लवमा सम्बद्ध छु ।

➤ माया के हो ?
मायाको आ–आफ्नै परिभाषा होला तर अन्तर हृदयबाट आउने आप्mनोपनको भावनालाई माया भनिन्छ । यस्तो भावना न त आफुले चाहेर नै श्रृजना हुन्छ, न त चाहेर यसलाई हटाउन नै सकिन्छ । त्यहि हो माया भन्ने लाग्छ मलाई ।

➤ यस क्षेत्रमा पनि बिकृति र विसंगतिहरु छन् भन्छन् नि ?
भन्छन् मोडलिङको क्षेत्रमा केहि बिकृति र विसंगतिहरु छन् तर मलाई त खासै केहि छैन । बिषेश गरि यस क्षेत्रमा छोटा छोटा लुगा कपडा लगाउने, अंग प्रदर्शनी गर्ने जस्ता केहि ग्ल्यामर चाहि छन् । तर बाहिर हल्ला आए जस्तो विकृति विसंगति चाहि छ जस्तो लाग्दैन मलाई ।

➤ यो क्षेत्रमा आउन कति संघर्ष गर्नुभयो ?
खासै संघर्ष गर्नु परेको अनुभुति मैले गरिन । म आफु पनि यस क्षेत्रमा लागि आफ्नो पहिचान बनाउन चाहन्थें । अहिले त संघर्षरत छु यो क्षेत्रमा । धेरै कुरा सिक्दैछु । यो क्षेत्रमा आफ्नो पहिचान बनाउन संघर्ष गर्दैछु आशा छ एकदिन म यसमा सफल हुन्छस ।

➤  यस क्षेत्रमा लाग्न प्रेरणाको स्रोत ?
सानै देखि कलाक्षेत्र प्रति मेरो रुचि थियो । यसमा लाग्न प्रेरणाको स्रोत मेरी मामु र मामा हुनुहुन्छ । उहाँहरुको प्रेरणा र मार्गदर्शनले नै आज म यो स्थानमा छु । सधैं मलाई हौसला र प्रेरणा दिइरहनुहुन्छ उहाँहरुले ।

➤ अन्त्यमा …. ?
छोटा लुगाकपडा र अंग प्रदर्शनीले मोडलिङ हुदैन भन्ने कुरा सबैले बुझ्नु जरुरी छ । मोडलिङलाई सकारात्मक रुपमा सबैले सोच्न आवश्यक छ । हाम्रो समाजमा विकृति फैलाउने यस्तो कुरालाई निरुत्साहित गर्न हामी सबै जुट्नुपर्छ भन्न चाहन्छु । साथै मैले खेलेको भिडियो हेरेर सललाह सुझाब दिन हुन सबैलाई अनुरोध गर्दछु । नेपाली कलाक्षेत्रलाई माया गरिदिनुहुन सबैलाई अनुरोध गर्न चाहन्छु ।

5505
Shares

ट्रेन्डिङ

सम्बन्धित खवर