सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाढीपीडितहरु पानीमै बच्चा जन्माउन बाध्य, बाढी पीडितहरुको बस्तिमा पुगे समाजसेवी बिनय

बाढीपीडितहरु पानीमै बच्चा जन्माउन बाध्य, बाढी पीडितहरुको बस्तिमा पुगे समाजसेवी बिनय

6535
Shares
बाढीपीडितहरु पानीमै बच्चा जन्माउन बाध्य, बाढी पीडितहरुको बस्तिमा पुगे समाजसेवी बिनय

बन्ने भयो एक सय टहरा 

काठमाडौँ, १२ भदौ । यस अगाडि सडक तथा अस्पतालमा भेटिएका वेवारिसे लाशहरुको व्यवस्थापन तथा वेवारिसे व्यक्तिहरुको समेत उद्धार गर्दै आइरहेको उनी र उनको संस्था एक्सन फर सोसल चेन्जका प्रतिनिधिहरु अहिले सप्तरी जिल्लाको कोशी ब्यारेजबाट पश्चिम तर्फ रहेको भिट गाउको बाढी पीडितहरुको बस्तिमा पुगेका छन् । र सबैको समचालाई जानकारी गराउदै बिनयले भने १३०० जनसंख्या भएको उप्ता गाउमा झन्डै आधा जनसंख्या हाल बिरामी छन् ।

तर बिरामीको उपचार गराउन डाक्टर छैनन् र महिला पानीमै डुबेर बच्मिएको पनि देखिको l हामीले हाल भारत बाट केहि त्रिपाल ल्याएर अस्थाई बसोबासका लाई बास र त्रिपाल प्रयोग गरेर अस्थाई टहरहरु बनाई रहेका छौँ l मानिस खान नपाएर भुजिया पानीले भिजाएर नुन छर्किदै खान बाध्य छ। बिरामीका लागि हामीले हाल भक्तपुरमा रहेको मध्यपुर अस्पतालका बिष्णु राजा कार्कीको टोलीलाई हामीले बोलाएका छौँ ।

सामाजिक सेवा गरे भन्दै पीडितहरुको बस्तिमा पुगेर एक पोका चाउचाउ र एउटा कपडा दिएर फेसबुकमा फोटो हाल्ने धन्दा मौलाइरहेको समयमा उनी र उनको संस्था साच्चैको हृदयदेखि नै पीडामा डुबेकाहरुको आशु पुच्छन तल्लीन छन । उनी अध्यक्ष रहेको एक्सन फर सोसल चेन्जका अध्यक्ष बस्नेतका साथमा पवित्रा लामा,दीपेश श्रेष्ठका साथै मोतेश्वर युवा क्लवका प्रतिनिधिहरु अहिले भिट गाँउमा रहेका बाढी पीडितहरुको मुहारमा हाँसो भर्ने प्रयास गर्दैछन ।

यी दुई संस्थाहरुको सहकार्यमा त्यहाँ रहेका २१० घरधुरीका झण्डै तेह्र सय नागरिकको दुखमा साथ दिन लागि परेका छन् । सोसल चेन्ज आफैले उठाएको राहत सामाग्री लताकपडाका साथमा महालक्ष्मी नगरपालिका टिकाथली साविक ४ वडामा संकलन गरेको १५ बोराभन्दा बढी लत्ताकपडा र नगद रु ३२ हजार नगद रकम बोकेर उनीहरु त्यहाँ पुगेका हुन । मोतेश्वर यूवा क्लवका साथमा मोतेश्वर रामायण भजन मण्डली र पैनाचल रामायण भजन मण्डलीको संयुक्त प्रयासमा राहत सकंलन गरिएको हो ।

संस्थाले सो वाढी पीडितहरुको बस्तिमा पुगी राहत मात्र वितरण गर्न नभई त्यहाँ कम्तीमा एक सयका हाराहारीमा टहरा बनाउने भएको छ । त्यहाँ टहरो बनाई बाढी पीडितहरुका लागि अस्थायी बसोबासको व्यवस्था समेत मिलाउने एक्सन फर सोसल चेन्जका अध्यक्ष विनयजंग बस्नेतको समूहको तयारी छ । उनीहरुले त्यहाँ बाढी पीडितहरुका लागि राहतका सामाग्रीहरु कपडा,खाने तेल, चामल,जुस लगायतका सर सामाग्रीहरु वितवरण गरी ती पीडितहरुको मुहारमा थोरै भए पनि बढी पिढीतको घाउमा मलम लगाउने जमर्को गरेका छन ।

त्यहाँबाट हामीसँग कुराकानी गर्दै अध्यक्ष बस्नेतले भने आधा मान्छे विरामी,आधा हिड्न सक्छन ,आधा नागां अवस्थामा छन । तिनीहरुको जिउमा कपडा पार्ने काम एक्सन फर सोसल चेन्जले गरेको छ । झण्डै तेह्र सय बढी जनसंख्या बसोबास भएको यो क्षेत्रमा अरु कुनै संघ संस्था पुगेका छैनन । अधिकाशं दलित मुसहर,डुम जातिको बसोबास रहेको यो क्षेत्रमा रहेका व्यक्तिहरुको मुहारमा उज्यालो भरेर राजधानी फर्किने सो संस्थाको योजना छ ।

जसरी वेवारिसे लाशहरुको सदगद् गर्नुपर्ने जिम्बा राज्यको हो । यो गहु्रगो जिम्बेबारी आफ्नै काँधमा बोकेर हिडिरहेका विनयजंगहरु अहिले तराईमा बाढी पीडितहरुको बस्ति बनाउन ऋण गरेरै भए पनि त्यहाँ पुगेका छन । वाढी पीडितहरुको बस्ति बनाइदिने दायित्व एउटा व्यक्तिको नभएर सरकारको हुनुपर्ने हो । तर सत्ता र शक्तिको वरपर घुमेको हाम्रा शासकहरुलाई जनताको दुख र पीडासँग के को सरोकार ? उनीहरु आफ्नै शाखा सन्तानका लागि अकुत कमाउनमा व्यस्त छन । उता जनता पीडामा गुज्रिरहेका छन ।

यस्तो शासकहरु भएका राज्यमा विनयजंग जस्ता समाजसेवीहरु मनैदेखि यो सत्कर्ममा होमिएका छन । राज्यले उप्ता गाउलाई बिशेष प्रभावित क्षेत्र भनेर घोषणा गरेता पनि हाल सम्म राज्यको तर्फ बाट त्यहाका स्थानीयबासीले कुनै पनि राहात र सहयोग नपाएको गुनासो बिनयले हामीले जानकारी दिए l राज्य प्रभावित क्षेत्र घोसणा मात्र गरेर पिढीतले न्याय पाउदैन l प्रभावित क्षेत्र र त्यहाका जनतालाई राहात पुर्याउन समबन्धित निकाएको ध्यान जानु अत्यन्त जरुरि देखिन्छ ।

-बिनय बस्नेतसंगको फोनबार्ता र इडिभी न्युजको सहयोमा

6535
Shares

ट्रेन्डिङ