सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • पूर्वराजालाई हिजोको पूर्वाग्रहबाट हेर्नु हुँदैनः विप्लव (भिडियोसहित)

पूर्वराजालाई हिजोको पूर्वाग्रहबाट हेर्नु हुँदैनः विप्लव (भिडियोसहित)

5655
Shares
पूर्वराजालाई हिजोको पूर्वाग्रहबाट हेर्नु हुँदैनः विप्लव (भिडियोसहित)

काठमाडौँ । ३ असोज ,नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले देशको स्वाधिनता चाहने शक्तिसँग आफ्नो पार्टी सहकार्य गर्न तयार रहेको बताएका छन् ।

”विचारको हिसाबले प्रजातन्त्रि विचार राख्ने तर आफ्नो देश र जनताको माया गर्ने र कम्युनिस्ट शक्तिहरुसँग मिलेर जानु पर्छ भन्ने दृष्टिकोण राख्ने शक्तिलाई प्रजातान्त्रिक शक्ति भनेका छौँ, दोस्रो देशभक्त शक्ति जो, पराम्परागत होला वा नहोला, राजनीतिक रुपमा कम्युनिस्टसँग ठ्याक्कै नमिल्ने तर देश स्वाधिन र जनताले अधिकार पाउनुपर्छ भन्ने विचार राख्ने शक्तिहरुसँग सहकार्य हुन्छ” विप्लवले भने ।

एक संचारमाध्यमसँग अन्तरवार्ताको क्रममा विप्लवले भने, “देशलाई संकट पर्दा गणतन्त्र देशको नागरिक जुनसुकै शक्तिले सहयोग गर्न आउँछु भन्छभने हामीलाई कुनै आपत्ति छैन”, विप्लवले यसो भन्दा पूर्वाराजालाई जोड्ने गरेको बताउँदै भने, “काँग्रेस र माओवादी केन्द्रभन्दा पूर्वाराजा देश र जनताको पक्षमा सक्रिय हुन्छन् भने उनीहरुले लाज मान्नु पर्दैन ?, गणतन्त्र आएपछि देश स्वाधिन हुन्छ, जनतालाई अधिकार सम्पन्न बनाउँछौं भन्दै चिच्चाउनेहरु विदेशीको पोल्टामा गएर कुर्सी बचाउन लाग्ने, हिजोका राजाले गर्ने शक्तिलाई साथ दिन्छौं भनेभने उनीहरुले लाज मान्नु पो पर्छ, उनीहरु सहकार्यमा पो आउनुपर्छ त, सहयोग गर्छौ भन्नेहरुलाई हिजोको पूर्वाग्रहबाट हेरेर सुख पाइदैन।” विप्लवले अाफूले पूर्वाराजासँग जोड्न खोजेको नभएर उदाहरण मात्र दिएको स्पष्ट पारेको बताए । ”हामीलाई त्यहाँ जोड्न खोज्ने प्रयास पनि हुन्छन् तर त्यो होइन” विप्लवले भने ।

अन्तरवार्ताको क्रममा महासचिव विप्लवले अहिलेसम्म संगठित रुपमा कुनै पनि शक्तिले आफ्नो पार्टीसँग सहकार्य गर्न नआएको स्पष्ट पार्दै देशलाई स्वाधिन बनाउने उद्देश्यले जुनसुकै शक्ति आएपनि सहकार्य गर्न सक्ने संकेत गरे ।


-अनलाईन डबली बाट

5655
Shares

ट्रेन्डिङ

सम्बन्धित खवर