सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • इन्जिनियर बन्ने सपना थियो शिक्षक भएछु : पुकार कर्णजित

इन्जिनियर बन्ने सपना थियो शिक्षक भएछु : पुकार कर्णजित

6055
Shares
इन्जिनियर बन्ने सपना थियो शिक्षक भएछु : पुकार कर्णजित

काभ्रे, ७ असोज । पुकार कर्णजित शैक्षिक क्षेत्रमा कुनै नौलो नाम होइन । सानै उमेरदेखि चञ्चले र नेतृत्वदायी स्वभावका कर्णजित एक कुशल शिक्षाप्रेमी हुन् । लामो समयको संघर्षपछि शिक्षण पेशामा होमिएका उनी शिक्षामा आमुल परिवर्तन गर्न सुरु आफैबाट गरिनुपर्ने धारणा राख्छन । हजुरआमा र दिदिको प्रेरणाले शिक्षण पेशामा लागेका उनी समग्र शिक्षाको विकासमा आमुल परिवर्तन चाहन्छन ।

लामो समयसम्म उनको बुबाले पनि बनेपामा रहेको हिमालय उमाविमा शिक्षण गरेका थिए । बनेपा न.पा.–८, काभ्रेका स्व.बुबा रुद्र प्रसाद कर्णजित र आमा विद्यालक्ष्मी कर्णजितको कोखबाट वि.सं. २०३४ साल फागुनमा जन्मिएका कर्णजित संघर्षशील, मेहेनती, मिलनसार छन् । शिक्षित परिवारमा जन्मिएका पुकारले शिक्षकको रुपमा नवीन जीवन पाए भन्दा अत्युक्ति नहोला किन कि उनी यहाँसम्म आइपुग्नलाई उनको हजुरआमा, फूपुहरु, आमा र दिदिको ठूलो देन छ । इन्जिनियर बन्नका लागि चक्कर चालेका उनी कसरी शिक्षा क्षेत्रमा होमिए त भनेर सोधेका प्रश्न र अन्य कुराहरुको आधारमा आफ्नो जीवनको भोगाइ र शैक्षिक क्षेत्रको बारेमा पुकारले यसरी आफ्नो अनुभाव सुनाए :

शिक्षाको अम्बल पुकार
१ देखि कक्षा ४ सम्म आजाद उ.मा.वि., बनेपामा अध्ययन गरेका उनले कक्षा ५,६ र ७ हिमालय उमावि घोकेचौरमा अध्ययन गरे । पुनm आजाद उ.मा.वि.मै उनले कक्षा ८ देखि एस.एल.सी सम्म अध्ययन गरी प्रथम श्रेणीमा उत्तीर्ण भए । वि.सं. २०४९ मा एस.एल.सी. उर्तिण भएपछि उनी आफ्नो सानो बेला देखिको इन्जिनियर बन्ने धोको पुरा गर्न पुल्चोक इन्जिनियरिङ्ग कलेज तर्फ हानिए, करिव एक वर्षको अध्ययन पश्चात घर परिवारको यादले र छात्रावासमा बसि अध्ययन गर्न असमर्थ भए पछि उनका पाइलाहरु थप अध्धयनका लागि जिल्लाकै जेठो क्याम्पस काभ्रे बहुमुखि क्याम्पस तर्फ मोडियो । उनले २०५१ सालदेखि २०५७ सालसम्ममा सो क्याम्पसमा अध्ययन गरी बिबिएस उतिर्ण गरे । विभिन्न कठिनाई र चुनौतीका बिचमा पनि उनले पढाईलाई निरन्तरता दिई नै रहे । सानै उमेरमा बुबाको देहावसान पछि पनि गृह जिल्लामा घरकै रुख्खासुख्खा खाएर उनले पढाईलाई निरन्तरता दिई नै रहे । हुन पनि उनको बुबा पनि शिक्षक, दिदी पनि शिक्षक अनि शिक्षित परिवारमा हुर्केकाले उनको अध्ययनमा बढी मोह बढ्दै गएको थियो । स्नातक तह सम्मको अध्ययन पश्चात् उनको पढाइ गृह जिल्लाबाट काठमाण्डौतिर मोडियो । उनले वि.सं. २०५७ सालमा काठमाण्डौँ स्थित शंकरदेव क्याम्पसमा भर्ना भई एमबिएस सकाए र शिक्षण पेशामा संलग्न भएका कारण वि.सं. २०६२ सालमा एक वर्षे बिएड श्री रत्न शिक्षा क्याम्पस कोटेश्वरबाट उनले उर्तिण गरे ।

पुकार कर्णजित,
प्राचार्य
शिक्षा सदन मा.वि., बनेपा–८, काभ्रेपलाञ्चोक

यसरी बने प्रचार्य
वि.सं. २०५१ सालदेखि उनको शिक्षण पेशाको यात्रा सुरु भयो । विभिन्न आरोह र अवरोहका बिचमा पनि उनले जिन्दगीमा भने कहिल्यै हरेस खाएनन् । हालको गोल्डेन सिद्धार्थ मा.वि., श्रीखण्डपुरबाट उनले आफ्नो शिक्षण पेशा सुरु गरेका थिए । उनले सोही विद्यालयमा वि.सं. २०५१ सालदेखि वि.सं. २०५३ सालसम्म अध्यापन गराए । त्यसपछि उनले आफ्नै घर नजिक रहेको जिल्लाकै चर्चित विद्यालय शिक्षा सदन उ.मा.वि., बनेपा लायकुमा वि.सं. २०५३ साल मंसिर २ गते पाइला टेके । उनको यात्रा विभिन्न खुट्किलो पार गर्दै उनले सोचेको जस्तो परिवर्तन हुँदै जान थाल्यो । उनले शिक्षा सदनमा माध्यमिक तहमा सामाजिक र अर्थशास्त्र विषय र कक्षा ११ र १२ लाई लेखापालन विषय पढाउँछन् ।

शिक्षा सदनमा अध्यापन गरेर शैक्षिक क्षेत्रलाई आमुल परिवर्तनका लागि अभिभावक, समूदाय, विद्यार्थी र शिक्षक परिवारको मन जित्न सफल भएका पुकारले दुई दशकको शिक्षण अनुभव, वि.सं. २०६५ श्रावण ४ गते देखि शिक्षा सदनमा उ.मा.वि. तहको प्राचार्यको रुपमा व्यवस्थापकीय अनुभव हासिल गरिसकेका थिए, त्यहि भएर वि.सं. २०७३ साल असार २२ गतेबाट उनले शिक्षा सदन मा.वि.को प्रधानाध्यापकको जिम्मेवारी सम्हालेर विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि संघर्षरत छन् । उनले अध्यायपन गराउने विद्यालयको स्थापना वि.सं. २०१८ साल भाद्र ८ गते भएको हो । २०२९ सालमा निमावि, २०४९ सालमा मावि र २०६५ सालमा उमावि स्वीकृती लिएर गरेर विद्यालय सञ्चालन गरी रहेका छन ।

पुकारमाथि चक्करै चक्कर
विभिन्न कठिनाईका बाबजुद पनि अध्ययनको क्रममा बनेपादेखि सुरु भएको उनको पढाएको चक्कर काठमाण्डौको क्याम्पसहरुमा नचलेको होइन । काभ्रे बहुमुखी क्याम्पसमा पढाई सकेपछि उच्च शिक्षाका लागि उनी काठमाण्डौ हानिए । हुन त एस.एल.सी. परीक्षा पश्चात् इन्जिनियरिङ्ग अध्ययनका लागि उनी पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसमा भर्ना भएका थिए । उनी सम्झन्छन् कि त्यति बेला हजुरआमा, घर परिवारको यादले सताउन थाले पछि उनले सिभिल इन्जिनियरिङ्गको पढाई बीचैमा चटक्कै छाडेर गृह जिल्लामा अध्ययन गरेका रहेछन् व्यवस्थापन विषय लिएर ।

हजुरआमा र दिदीको प्रेरणाले गर्दा उनको जीवनले अर्काे मोड लियो । शिक्षक बन्ने रहर र धोको त थिएन उनको तर समय, परिस्थिती र मेहेनतले गर्दा उनी शिक्षा सदनको प्रधानाध्यापकसम्म बने जुन पुकारलाई कहिले काँहि सपना जस्तै लाग्छ । तैपनि मेहेनत र लगनशील भई निस्वार्थ रुपले काम गर्ने हो भने जुनै क्षेत्रमा पनि अगाडि बढ्न सकिने उनको धारणा छ । हुनत न उनले सोचेका नै थिए न त उनको धोको नै थियो शिक्षक बन्ने र राम्रो राम्रो विद्यार्थीहरु उत्पादन गर्ने । उनले विगत सम्झिदै भने “मेरो आफ्नै कारणले गर्दा इन्जिनियरिङ्ग पढेको मान्छे विद्यार्थीहरुसँग रम्ने बानी बसेछ , म शिक्षण पेशाबाट पूर्ण सन्तुष्ट छुु ।”

धोको इन्जिनियर बन्ने तर बने शिक्षक
अरुलाई एस.एल.सी. पास भएपछि कुन बिषय लिएर पढने भन्ने उकुस मुकुस र उत्साह हुने बेला पुकारलाई भने इन्जिनियरिङ्ग विषय लिएर अध्ययनका लागि तिव्र अभिलाषा थियो र सोही चक्करमा उनी लागेका थिए । जति बेला उनले एस.एल.सी पास गरे त्यति बेला एस.एल.सी. पास गर्नेको मान समान ठूलै हुन्थ्यो र त्यसको महत्व पनि कम थिएन अहिलको डिग्री पास वा स्व–सरह नै थियो । उनले इन्जिनियरिङ्गका लागि पुल्चोक क्याम्पसमा नाम समेत निकाले । नाम निकालेर करिव करिव एक वर्ष पढ्न पनि थाले तर उनलाई घरको याद र सम्झनाले होस्टेलमा बसेर पढन दिएन । उनी सम्झन्छन, “म घरको एक्लो र प्यारो छोरा । सबैले खुब माया गर्नु हुन्थ्यो, शुक्रबारमा फुपुहरु घर आउनु हुन्थ्यो अनि विभिन्न कोसेली पनि साथ ल्याउनु हुन्थ्यो । त्यसरी अति मायामा हुर्केको म होस्टेलमा बसेर पढ्नै सकिन घर परिवारको यादले अति सताउन थाल्यो, प्रत्येक शुक्रबार घर आउँथे होस्टेलबाट अनि आइतवार सधै रुँदै फर्किन्थे । मेरो आफ्नै कारणले गर्दा मैले सानै देखि चाहेको विषय लिएर पढन सकिँन र अध्ययन गर्ने विषय अर्कै तिर मोडियो ।

उनले इन्जिनियर बनेर हिड्ने सपना देखे पनि वाणिज्य र शिक्षा विषय लिएर अध्ययन नसकेको भए सायद विद्यालयका प्रधानाध्यापक पदको जिम्मेवारी समालेर घुम्ने कुर्सीमा बसेर सेवा गर्न पाउने थिएनन् होला । उनी भन्दै थिए “यो सबैको आ–आफ्नो भाग्यको खेल हो, जे लेखेको हुन्छ त्यहि हुँदो रहेछ र भोग्नु पर्ने रहेछ ।” एक छिन गम्भिर रुपमा सोचे । उनले इन्जिनियरमा चक्कर चलेर शिक्षण पेशामा टक्कर नगरेको भए शिक्षा सदन माविको प्र.अ. बन्न पाउने थिएनन् । उनी यो पद सम्म पुग्नका लागि आफ्नो मेहेनत र निरन्तर निस्वार्थ सेवा, ठुलावडाको आशिर्वाद र भगवानको असिम अनुकम्पा ठान्दछन् तथापि त्यो पद त्यतिकै उनको पोल्टामा परेको होइन यसको लागि कयौँ दिनको मेहेनत र कयौ व्यक्तिं सँग टक्कर पनि थियो ।

पुकारको जिन्दगीमा बिस्तार विस्तारै परिवर्तन आउन थाल्यो र विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि पनि त्यति नै टक्कर थियो उनमा । जमना चक्कर भन्दा पनि टक्करको हो । पुकारले पनि प्रतिस्पर्धा गरेर अरु विद्यालयसँग टक्कर गर्दै आइरहेका छन् । उनले सबैको सामु टक्कर नगरेको भए सायद विद्यालयमा जागिर खाएको थोरै समयमा नै प्राथमिक तहको इन्चार्ज, प्राचार्य हुँदै प्रधानाध्यापक जस्तो पदमा पुगिदैनथ्यो र चाँडै समुदायको विश्वासको पात्र बन्न सक्दैनथे ।

प्रेरणाको स्रोत नै हजुरआमा र दिदी
“म शिक्षित परिवारमा जन्मिएको हुर्केको मान्छे । मेरो घर परिवारको साथ र सहयोगका कारणले अहिले यो अवस्थासम्म आइपुगेको हो । मेरो बुबा रुद्रप्रसाद हिमालय उमावि घोकेचौरमा शिक्षण गर्नुहुन्थ्यो । हुँदा हुँदै मेरो दिदी अनिता कर्णजितले पनि शिक्षण पेशा नै अंगाल्नु भयो । संयोगले म र दिदि एउटै विद्यालयमा शिक्षण पेशामा छौं ।

म प्राचार्यको जिम्मेवारी पदमा छु । मेरो दिदि र हजुरआमाको प्रेरणाले गर्दा शिक्षक भएको हुँ । म अहिले यो पेशाबाट पूर्ण सन्तुष्टि छु ।” उनलाई आफुले पढाएका विद्यार्थीहरु ठूला ठूला पद र ओहदामा पुग्दा खुसी लाग्छ भने आफुले भित्री मनदेखि विद्यार्थी र विद्यालयको उन्नतिका लागि गरेको कामको सहि मूल्याङ्कन नहुँदा दुःखी लाग्छ ।

गुणस्तरीय शिक्षामा क्रान्ति
उनी शैक्षिक क्षेत्रको विकासका लागि शिक्षामा क्रान्ति चाहन्छन् । पहिलादेखि शिक्षाको उज्यालो घाम छर्न स्थापित शिक्षा सदन सबै अभिभावकको रोजी रोजाईमा पर्दछ । सामुदायिक विद्यालयहरु मध्ये उत्ृकष्ट नतिजा ल्याउन सफल शिक्षा सदन पनि एक हो । हालसम्मलाई नियाल्ने हो भने विद्यालय भौतिक रुपमा सुविधा सम्पन्न र नमूनाका रुपमा रहेकोछ । साथै तालिम प्राप्त जनशक्तिबाट अध्यापन कार्य हँुदै आइरहेको छ ।

सुविधा सम्पन्न भवन, विज्ञान प्रयोगशाला, पुस्ताकलय, ख्ष्चतगब िअर्थात अनलाइन पठनपाठन भइरहेको छ । सामुदायिक विद्यालय भइकन पनि अभिभावकहरुको सहयोग र साथका कारणले गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएकोछ । उनी विद्यालयको शैक्षिक सुधार र रुपान्तरणका लागि शिक्षामा क्रान्ति नै चाहन्छन् । हाल यस विद्यालयमा प्रावि तहमा ७ जना, निमाविमा ३, माविमा ५ र उमावि २ जनाको दरबन्दी रहेकोछ ।

व्यवहारिक शिक्षामा जोड
विद्यालयमा गुणस्तरीय शिक्षा प्रदानका लागि अंग्रेजी माध्यमद्धारा पढाई सञ्चालन गर्ने, कम्प्युटर र क्ष्त् को पहँुच बढाउने, नियमित एकाई, मासिक, त्रैमासिक परीक्षाहरु सञ्चालन गर्ने , विद्यार्थीहरुको सिकाई स्तर बृद्धि गर्ने, विद्यार्थीहरुलाई किताबी ज्ञानमात्र नभई व्यवहारिक शिक्षा प्रदान गर्ने योजना बुनेका छन् पुकारले र धेरै हद सम्म सफल पनि छन् उनी ।

अहिलेसम्म यस विद्यालयबाट उत्तिर्ण भएका विद्यार्थीहरु विभिन्न पेशामा संलग्न भई सुखद जीवनयापन गरिरहेका छन् । उ.मा.वि. तहमा भर्ना भएका विद्यार्थीहरु मध्ये ९० प्रतिशत भन्दा विद्यार्थी उत्र्तीण भएर गएका छन् । यसपालि कक्षा १२ का नियमति तर्फ ४७ प्रतिशत उत्र्तीण भएका छन भने बाँकीले मौका परीक्षा दिदैं छन् ।

राजनीतिक प्रभावले खस्किदो शिक्षा
सामुदायिक विद्यालयहरुको शैक्षिक विकास हुन नसक्नुको मुख्य कारण भनेको सरोकारवालाहरु बीच सहकार्य नहुनु, कामकाजी अभिभावक जसले प्रायः बिहानदेखि बेलुकासम्म काम गरेर आप्mना बालबच्चाहरुलाई पढाउनु पर्ने अवस्था पनि छ जसले गर्दा बालबच्चाहरुलाई हेरचाहको अभाव, समूदायको सहयोग नभएको, राजनीतिक प्रभाव जस्ता कारणले पढाईको स्तर खस्किदै गएको छ । अर्काे कुरा शैक्षिक गुणस्तरका आधारमा कक्षोनति हुनु पर्नेमा निरन्तर मूल्याङ्कन पद्धतीबाट उर्तिण हुँदै जाने भएकाले, लेटर ग्रेडिङ पद्दति आएकाले विद्यार्थीहरु, अनुत्तीर्ण नहुने त हो नि भन्ने भ्रम पालेर पढाई प्रति त्यति ध्यान नदिने, बालमैत्री शिक्षण पद्दतीका कारणले विद्यार्थीहरुको अनुशासनमा कमि आउनु, बालबालिकालाई सरल र सभ्य भाषामा सम्झाउँदा पनि गलत अर्थ लगाउनु, घर छोडेर हिड्नु, मोवाइल, इन्टरनेट र त्ख् को दुरुपयोग गर्नु लगायतका कारणले गर्दा सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्किदै गएको अनुभति गरेको पुकार बताउँछन् साथै गुणस्तरीय शिक्षाका लागि शिक्षण संस्थामा सकारात्मक राजनैतिक प्रभाव पर्न नसक्नु, शैक्षिक गुणस्तरका लागि नभई असम्वन्धित कुरामा राजनैतिक हस्तक्षेप हुनु लगायतका कुप्रभाव पनि छन् शिक्षण क्षेत्रमा । यदि सबै सरोकारवाला, राजनिति कर्मी, शिक्षक, समुदाय बीच हातेमालो हुने हो र राजनितिबाट विद्यालयलाई अलग राख्ने हो भने सामुदायिक विद्यालयको स्तर अझ बढि माथि पुग्ने कुरामा दुई मत नहोला ।

जनशक्ति उत्पादनमा खाँचो
विद्यालय एउटा ज्ञानको भण्डारन गर्ने संस्था हो । यहाँ काँचो माटोको अवस्थाका वालवालिकाहरु आउँछन् र लामो समयको सिकाई र अनुभव पछि आफ्नो पेशामा लाग्दछन् । विद्यालय एउटा त्यो साझा संस्था हो जसले समाजको आवश्यकता अनुसारको संस्कार र सीप सिकाउँदछ । समाजमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्दछ र समाजमा एक महत्वपूर्ण सामाजिक संस्थाको प्रतिनिधित्व गर्दछ र समाजको नेतृत्वदायी भूमिका खेल्ने संस्था र आफ्ना बालबालिकाहरुको भविष्यसँग जोडिएको संस्थाको रुपमा बुझनु पर्छ जस्तो लाग्दछ विद्यालयलाई उनको विचारमा ।

समुदायबाट पाइने विभिन्न सहयोग हुन्छन् जस्तै नैतिक, भौतिक, आर्थिक, सामाजिक । यी आदि इत्यादि सहयोग त शिक्षा सदनले पाइएकै भन्नुपर्दछ । विद्यालय अहिलेको अवस्थामा आइपुग्न सरोकारवालाहरुको सहयोग नभएको भए यो स्तरको प्रगति हुने थिएन । पहिला पहिला जतिको श्रमदान गर्ने वातावरण त अहिले प्राय छैन तैपनि वि.व्य.स., प्र.अ., शिक्षक, कर्मचारीहरु यसमा लागि पर्दा समुदायको सहयोगमा अझ बृद्धि गराउन सकिन्छ ।

उचित र राम्रो काम गर्नेलाई पुरस्कार
आफ्नो सीमित स्रोत र साधनद्वारा सरकारी अनुमति प्राप्त सरकारी विद्यालयको गुणस्तर एस.एल.सी.÷एस.इ.इ. को परिणामलाई मात्र हेरेर मूल्याङ्कन गर्दा त पक्कै पनि यसले एक पाटोलाई सम्वोधन गर्ला तर त्यस्तो मूल्याङ्कनले मात्र हुँदैन । राज्यले वनाएको नीतिकै कारण यो अवस्थामा आएको हो । विद्यालय निजीकरणलाई प्रोत्साहन गर्ने, सामुदायिक विद्यालयमा आवश्यक स्रोत साधनको प्रयोग नगर्ने, आवश्यक बजेट पनि व्यवस्था नगर्ने, नियमित अनुगमन तथा सुपरिवेक्षण नगर्ने, उचित र राम्रो काम गर्नेलाई पुरस्कार र विद्यालय नजाने शिक्षकलाई, विद्यालयको व्यवस्थापन विगार्ने वि.व्य.स. लाई उनीहरुको भूमिका हेरेर दण्ड गर्ने वा पुरस्कृत गर्ने दुबै कुरालाई सँगसँगै लैजाँदा सामुदायिक विद्यालयलाई सम्पूर्ण अभिभावकहरुको विश्वास गर्ने आधार राज्यले वनाउने र हामी स्थानीय तहका मानिसहरुले पनि आ–आफ्ना क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह गर्दै गयौँ भने सामुदायिक विद्यालयको गुणस्तर पक्कै पनि संस्थागत विद्यालयको भन्दा अझै राम्रो हुनेछ, र परीक्षाको परिणाममा पनि वृद्धि गर्न सकिन्छ ।

सामुदायिक विद्यालय कडा प्रतिस्पर्धा
बनेपा नगरपालिका भित्र रहेको विद्यालयहरु मध्ये शिक्षा सदन मावि एक पुरानो र ठूलो विद्यालयकै रुपमा पर्दछ । यस विद्यालयले गरेका राम्रा प्रयासहरु आदानप्रदान गर्दछ र अन्य विद्यालयसँग शैक्षिक गुणस्तर सुधार्नका लागि वेलावेलामा गोष्ठी, बैठक, विभिन्न प्रतियोगिता, प्र.अ. वि.व्य.स. छलफल जस्ता कार्यक्रम गरी सबै विद्यालयमा समन्वयकारी भूमिका खेलिरहेकोछ । यस क्षेत्रका विद्यालयका प्र.अ., शिक्षकहरु, आ–आफ्नो विद्यालयमा संचालित विविध गतिविधिहरुलाई मूल्याङ्कन गरी राम्रा पक्षहरु आ–आफ्ना विद्यालयमा अभ्यास गराउने प्रचलन छ । यसका साथै यस शिक्षा सदन मा.वि.लाई एक नमूना विद्यालयको रुपमा नगरमा मात्र नभई जिल्लामा नै स्थापित गराउने लक्ष्य लिएको छ विद्यालयले ।

घट्दै राज्यको दायित्व शिक्षा क्षेत्रमा
तपाईँले वहुत सान्दर्भिक प्रश्न गर्नुभयो । शिक्षाको गुणस्तर वढाउन सबैभन्दा पहिला राज्यको नीति नियमले प्रभाव पारेको हुन्छ । यहाँ विद्यालयहरुलाई नीजिकरणतर्फ लैजाँदैछ । राज्यको दायित्व शिक्षा क्षेत्रमा घट्दैछ । यसले गुणस्तरमा ह्रास आएको छ । यसलाई सुधार्न राज्यले सहि नीति निर्माण मात्र होइन त्यसको सहि अवलम्वन गर्नुपर्दछ । दोहोरो शिक्षा प्रणाली राखिनु हुँदैन । शिक्षामा कम्तिमा पनि २०% राष्ट्रिय बजेट लागू गरिनुपर्दछ । शिक्षा साक्षरताका लागि मात्र हैन यसलाई प्रत्यक्ष मानव जीवन र श्रम सँग जोडिनु पर्दछ । कम्तिमा पनि १२÷१५ वर्ष विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुले आफू र आफ्नो परिवार चलाउन सक्ने हैसियत हुनेखालको नीति हामीले वनायौँ र त्यसलाई हामी स्थानीय तहमा रहेका सरोकारवालाहरुले सकारात्मक सोचका साथ सामूदायिक विद्यालयलाई हे¥यौँ भने धेरै हदसम्म सुधार आउँछ ।

शिक्षा निशुल्क मात्र भनिएको छ । हामी पूर्ण रुपमा निशुल्क भन्छौँ । बर्षमा १ सेट किताब र ४०० रुपैँया छात्रवृत्ति दिँदैमा राज्यले निशुल्कको हवला दिन मिल्दैन । एउटा विद्यार्थीको सम्पूर्ण लगानी राज्यको हुनुपर्दछ । लगानी गरिएका विद्यार्थीहरुको पेशाको ग्यारेण्टी राज्यले गर्नुपर्दछ र उसबाट सेवा र कर कम्तिमा पनि २०% उठाउँदा राज्यको अर्थतन्त्र वर्तमानमा राम्रो नदेखिएपनि कालन्तरमा बलियो हुन्छ । यति काम राज्य र हामीले गर्न सक्यौँ भने शिक्षामा सुधार मात्र हैन व्यापक परिवर्तन हुन्छ र देशले अग्रगामी छलाङ मार्दछ ।

विद्यालयको कामकाजमा पारदर्शिता
सबैभन्दा पहिला त हामी आफ्नो पेशामा समर्पित हुनु जरुरी छ । १०–४ को ड्युटी गरेर मात्र हुँदैन वाँकी समयमा पनि आफ्नो विद्यालयको बारेमा सोच्ने, विभिन्न योजनाहरु वनाउने, विद्यालय बन्द भएको वेलामा पनि विभिन्न निकायहरुसँग सम्वन्ध बढाउने, अभिभावकहरुलाई पनि विद्यालय विकासका लागि प्रेरित गर्ने, विभिन्न राजनैतिक दल र संगठनहरुमा समन्वयकारी भूमिका खेल्ने, आफ्नो संस्थाको भलाईका लागि सवैसँग हातेमालो गर्ने, आफ्नो समस्या राख्न पछि नपर्ने यी कुराहरुले म मा अलिक फरकपना छ ।

अर्को कुरा मेरा सम्पूर्ण शिक्षकहरु विद्यालयको लागि पूर्ण रुपमा समर्पित हुनुहुन्छ । शिक्षक एकता, विद्यार्थी अनुशासन, विद्यालयको कामकाजमा पारदर्शिता, अभिभावकमा सक्रियता, जिल्ला शिक्षा कार्यालयबाट चिरपरिचित सबैको तर्फबाट शिक्षा सदन उमाविलाई केहि गर्नुपर्दछ भन्ने भावनाको विकास गराउन सक्नु हाम्रो फरकपन हो । यसैले गर्दा हामीमा अरुभन्दा केहि फरकपना देखाउँदछ ।

सामुदायिक विद्यालयमा गुणस्तर छ
सामुदायिक विद्यालय र निजी विद्यालयको गुणस्तरमा खासै अन्तर त छैन अझ भन्ने हो भने दक्ष जनशक्ति, भौतिक साधनमा सामुदायिक विद्यालय गुणस्तर छ । फरक चाहिँ के मा छ भने परीक्षा प्रणाली र त्यसको परिणाममा । त्यस्तो परिणाममा पनि फरक आउनुमा अभिभावकहरुको बालबालिका प्रतिको लगानी, उनीहरुको चेतना स्तर, निजि विद्यालय सञ्चालनको लगानी त्यसको नाफा, अनुशासन, शिक्षकको पूर्णता र समर्पण, लगानी गरेपछि नाफा गर्नैपर्ने सञ्चालकको भूमिकाले गर्दा निजि विद्यालयको परिणाम राम्रो देखिएको हो । तर गुणस्तरमा निजीमा भन्दा सामुदायिक विद्यालय पनि कम राम्रो निश्चित नै छैन । सामुदायिक विद्यालयका विद्यार्थी सामाजिक हुन्छन् र राष्ट्रकै सेवा गर्न तल्लीन हुन्छन् तर निजी विद्यालयबाट उत्पादित जनशक्तिमा त्यो गुणको कमि हुनसक्छ ।

तपाई नै भन्नुस न अपवादमा वाहेक आफ्नो राज्यमा संस्थागत विद्यालयबाट प्रशिक्षित बालबालिका कति ले नै सेवा गर्दछन् ? देशको आवश्यक जनशक्ति जसले उत्पादन गर्दछ त्यहि नै गुणस्तर हो । तपाईँ भन्नुहोस अहिले कुन चाहिँ निजी विद्यालयबाट उत्पादित जनशक्ति शिक्षक, वकिल, कर्मचारी, पत्रकार, सिपाही, खेलाडी, राजनितिज्ञ छन् यी सवै त सामुदायिक विद्यालयबाट उत्पादित जनशक्ति हुन् । त्यति मात्र नभई संस्थागत विद्यालयका उत्पादनहरु उच्च शिक्षाका लागि विदेश जाने र त्यहि स्थायी रुपमा बसोबास गर्ने परिपाटि देखिएको छ, जुन कालान्तरमा देशका लागि घातक सावित हुन सक्छ । दुईवटा विद्यालय बीच यी कुरा नै फरक छन् ।
प्रस्तुतीः–राजकुमार गोले

6055
Shares

ट्रेन्डिङ