सबैको समाचार
मङ्लबार, साउन १९, २०८३

दुर्घटनामा छजना घाइते

5415
Shares
दुर्घटनामा छजना घाइते

पोखरा, २७ असोज (रासस) पोखरा—बागलुङ राजमार्गअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा बिहीबार भएको बस दुर्घटनामा छजना घाइते भएका छन् ।

बागलुङबाट पोखरातर्पm आउँदै गरेको ना ६ ख ८९३६ नम्बरको बस सडकबाट लगभग १० मिटर तल भिरमा खस्दा बसमा यात्रा गर्ने २३ जनामध्ये छजना घाइते भएको नेपाल प्रहरी प्रदेश नं ४ कार्यालयका प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

बस दुर्घटनामा घाइते हुनेमा पर्सा जिल्ला रानिघाटका ४१ वर्षीय बट्टु शाह, पर्वत कुष्मा नपाका–४ का २६ वर्षीया सोनी गुरुङ, सोहीस्थानका ३२ वर्षीय विक्रम गुरुङ, अन्नपूर्ण गाउँपालिका–६ का २८ वर्षीया सम्झना विक, कुष्मा नगरपालिका– ५ का २८ वर्षीय रामु परियार र रौतहट भवानीपुर–९ का ५० वर्षीय विन्देश्वर साह रौनियार रहेका छन् ।घाइतेको पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको छ । बस रुखमा अड्किएका कारण ठूलो जनधनको क्षतिबाट जोगिएको प्रहरीले जनाएको छ ।

5415
Shares

ट्रेन्डिङ