सबैको समाचार
सोमवार, भदौ २९, २०८३
  • होमपेज
  • एम्बुस विस्फोटका घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइयो

एम्बुस विस्फोटका घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइयो

4095
Shares
एम्बुस विस्फोटका घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइयो

मंसिर १३, उदयपुर। उम्मेदवारलाई लक्ष्य गरेर राखिएको एम्बुस विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली काँग्रेसबाट उदयपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्की र स्ववियु सभापति मीरा कटुवाललाई उपचारका लागि अहिले हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।
उदयपुरगढी गाउँपालिका–६ स्थित दनुवारबेंसीमा आज बिहान ८ बजे बम विस्फोट भएको थियो । प्रहरी नायब उपरीक्षक मेघराज अधिकारीका अनुसार बा१५च ७८०६ नंको बलेरो जीपमा सवार कार्कीसहित सात जना नेपालटारबाट कटारीतर्फ जाँदै गर्दा अज्ञात समूहले राखेको एम्बुसमा परेका थिए ।

उम्मेदवार कार्कीसँगै घाइते हुनेमा उदयसी बहुमुखी क्याम्पस कटारीका स्ववियु सभापति कटुवाल, गाडीचालक कटारीका ३५ वर्षीय राजन कार्की, धामाया कार्की र प्रहरी जवान कालीदास श्रेष्ठ छन् ।

गाडीमा सवार सातमध्ये तीन जनाको अवस्था गम्भीर भएको र एक जना सकुशल रहेको प्रहरीले बताएको छ । उम्मेदवार कार्कीको टाउको र खुट्टामा चोट लागेको छ । घटनास्थलमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर अपराधीको जंगल क्षेत्रमा खोजी गरिएको प्रहरीले बताएको छ ।
रासस

4095
Shares

ट्रेन्डिङ