सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • भक्तपुरमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु

भक्तपुरमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु

3150
Shares
भक्तपुरमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु

मंसिर १४, भक्तपुर । कार दुर्घटना हुदाँ भक्तपुरमा एकजनाको ज्यान गएको छ ।

सूर्यविनायक नगरपालिका–८ नैचालबाट आशापुरी हुँदै डोलेश्वरका लागि छुटेको बा ८ च २४३१ नम्बरको मारुती कार बिहीबार बिहान सडकबाट तल खोल्छामा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा कारका चालक सूर्यविनायक–९ नलिन्चोक घरभई अहिले काभ्रे जनगाल बस्ने ४० वर्षका जितेन्द्र खत्रीको घट्नास्थलमै ज्यान गएको प्रहरी बृत्त जगातीले जानकारी दिएको छ ।
खत्रीको शव पोष्ट मार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको प्रहरी बृत्त जगातीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

3150
Shares

ट्रेन्डिङ