सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश ३ को राजधानी यस कारण काभ्रे

प्रदेश ३ को राजधानी यस कारण काभ्रे

5115
Shares
प्रदेश ३ को राजधानी यस कारण काभ्रे

बनेपा, पुस १० ,देश संघिय संरचना गए पश्चात प्रदेशको राजधानी कहाँ बनाउने भन्ने सवालमा विवादह? देखिएका छन् . आवश्यक संरचनाह? प्रयाप्त ह’ँदाह’ँदै पनि जिल्लाका राजनितिक दलका नेताह?का कारण प्रदेश नं. ३ को राजधानी काभ्रे बनाउने निर्णय ह’न सकेको छैन .
केन्द्रीय राजधानी काठमाडौं उपत्यका भित्रै प्रदेश राजधानी राख्ने कि विकल्प खोज्ने भन्ने बहस स’? भएको अवस्थामा सबै जिल्लाका लागि उपय’क्त स्थल काभ्रे ह’ँदा ह’ँदै पनि काभ्रेलाई प्रदेश नं. ३ को राजधानी काभ्रे तोक्न जिल्लाका नेतृत्व तह च’केको देखिन्छ . नेतृत्व तहले आवश्यक लविङ गर्न नसक्दा कतै राजधानी बन्ने
अवसर काभ्रेले ग’माउने त हैन ? भन्ने चर्चा चल्न थालेको छ .
सबैलाई उत्तिकै पायक पर्ने भनेको काठमाडौं उपत्यका पछि काभ्रे नै हो . सबै हिसाबले काभ्रे जिल्लाको बनेपा, ध’लिखेल, पनौती, पाँचखाल र भक’ण्डेबेशी क्षेत्र नै प्रदेश ३ को राजधानीका लागि उपय’क्त ह’ने विभिन्न अध्ययनले देखाएको छ . राजधानी काठमाडौंदेखि २) किलोमटिरको द“रीमा रहेको साँगा भन्ज्याङम’नि पाँच सय मिटर स’?ङमार्ग निर्माण गरी काठमाडौं ध’लिखेल सडकलाई ६ लेनको बनाउने काम जापान सरकारले अघि बढाइसकेको छ . काठमाडौं उपत्यकाको क’नै क’ना काप्चाभन्दा बनेपा नै धेरै हिसाबले नजिक र पायक पर्ने देखिएको समेत सबैले स्वीकारीसकेका छन् .
यस प्रदेश का !३ जिल्लामध्ये सिन्ध’ली, दोलखा, काभ्रे, रामेछाप र सिन्ध’पाल्चोक पाँच जिल्लाका लागि बनेपा सबैभन्दा पायक स्थल हो . खोपासी–ढ’ंखर्क–च्याम्राङवेसी ह’ँदै मकवानप’रसम्मको सडकलाई पिच गर्ने हो भने हेटौंडाका लागि पनि काठमाडौं भन्दा बनेपा नै नजिक पर्न आउँछ . त्यस्तै मध्यपहाडी लोकमार्गको निर्माण सम्पन्न भए पछि धादिङको उत्तरी क्षेत्र तथा रस’वा र न’वाकोटका लागि भक्तप’रको क’ना प’ग्न भन्दा ध’लिखेल प’ग्न नजिक पर्ने ह’न्छ .
राजधानी काठमाडौंमा केन्द्रिकृत ह’ँदै गइरहेको जनसंख्याको चापलाई विकेन्द्रित गर्न पनि संघीयताको अवधारणा ल्याइएको हो . केन्द्रीय राजधानी काठमाडौं उपत्यकामै प्रदेशको राजधानीसमेत राख्दा जनसंख्याको थप चापले थेगिनसक्न’ ह’ने तर्क धेरैको छ . प्रदेश राजधानीका लागि विमानस्थल पनि अपरिहार्य जस्तै मानिन्छ . त्रिभ’वन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक उडानलाई डाइभर्ट गर्न काभ्रे कै नागिडाँडामा विमानस्थल निर्माण प्रक्रिया अघि बढाइसकिएको छ . यसले पनि काभ्रेलाई प्रदेश ३ को राजधानी बनाउन सकिने कारण ह’न् . प्रदेश राजधानीका कार्यालयहरू राख्न बनेपाको आइटी पार्कमा सरकारका काम कारवाही गराउने कार्यालयको रूपमा प्रयोग गर्न सकिन्छ . यिनै कारणह?ले गर्दा काभ्रेलाई प्रदेश ३ को राजधानी बनाउन’पर्ने त्रेरै विज्ञह?को स’झाव रहेको छ .
यसअघि विकास क्षेत्रको अवधारणा ह’ँदा हेटौंडालाई मध्यमाञ्चलको सदरम’काम कायम गरिएको थियो . लामो समयसम्म मध्यमाञ्चल विकास क्षेत्रको सदरम’काम रहेको हेटौंडालाई प्रदेश ३ को राजधानी कायम बनाउन’पर्ने माग पनि हेटौंडाबासीको रहेको छ . क्षेत्रीय सदरम’काम ह’ँदा बनेका पर्याप्त संरचनाहरू हेटौंडामा छन् . तिनै संरचनालाई प्रदेश ३ को राजधानीका रूपमा प्रयोग गर्न नसकिने होइन . तर विकास क्षेत्र ह’ँदा करिब करिब बीचमा रहेको हेटौंडा प्रदेशको संरचनापछि छेउमा परेको छ . बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धन’षा प्रदेश २ मा परेपछि हेटौंडा छेउ भएको हो .
हरेक दृष्टिकोणले प्रदेश ३ को राजधानी काभ्रे उपय’क्त देखिन्छ तर जिल्लाका नेतृत्व तहकोे आ–आफ्नै ज’ँगाको लडाइ र अहमताले गर्दा आवश्यक राजनितिक लविङ ह’न नसकेको कारण काभ्रेलाई राजधानी बनाउनबाट कतै च’क्ने त हैन . त्यसैले जिल्लाका राजनितीक दलका नेतृत्व तहले आवश्यक चासोको साथ काभ्रेलाई प्रदेश ३ को राजधानी बनाउन भ“मिका निर्वाह गर्न आवश्यक छ .
-काभ्रे सन्देश साप्ताहिक बाट

5115
Shares

ट्रेन्डिङ