काभ्रे, १२ माघ । रामहरि न्यौपाने काभ्रेलि संगीत प्रेमीहरुका लागि कुनै नौलो नाम होइन । राष्ट्रिय स्तरमा पनि रामहरिको आफ्नै स्थान छ। यिनै रामहरिले यतीखेर आफ्नो नयाँ गीत जल्यो जल्योको भिडियो निर्माण गरेका छ्न ।
बियोग पछिको मिलनलाइ थिम बनाएका रामहरिको गीतको भिडियोलाई सचित खड्काले निर्देशन गरेका छन् । भिडियोमा सृजन र सन्ध्याको अभिनय रहेको छ भने ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोको यतीखेर सिल्भर साइन इन्टरटेण्मेन्टमा रबिन्द्र खड्काले सम्पादन गरिरहेका छन् । भिडियो नजिकीदै गरेको प्रेम दिवसको अवसर पारी रिलिज गरिने कुरा रामहरिले जानकारि दिए ।