सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • ४९ जनाको ज्यान जाने गरी भएको गोलीकाण्डका मुख्य संदिग्धलाई अदालतमा उपस्थित गराइयो

४९ जनाको ज्यान जाने गरी भएको गोलीकाण्डका मुख्य संदिग्धलाई अदालतमा उपस्थित गराइयो

4485
Shares
४९ जनाको ज्यान जाने गरी भएको गोलीकाण्डका मुख्य संदिग्धलाई अदालतमा उपस्थित गराइयो

न्यूजिल्याण्डका दुइटा मस्जिदमा ४९ जनाको ज्यान जाने गरी भएको गोलीकाण्डका मुख्य संदिग्धलाई अदालतमा पेश गरिएको छ । शुक्रबार भएको आक्रमणका मुख्य संदिग्ध २८ वर्षीय अष्ट्रेलियन नागरिक ब्रेन्टन ट्यारेन्टलाई अदालतसमक्ष पेश गरिएको हो ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डनका अनुसार ट्यारेन्टसँग पाँच वटा लाइसेन्सप्राप्त बन्दुक थिए । आक्रमणपछि प्रधानमन्त्री आर्डन भन्छिन्, ‘हाम्रो हतियार राख्नेसम्बन्धी कानुन परिवर्तन हुन्छ ।’ घटनामा संलग्न भएको आरोपमा अन्य दुई जनालाई पनि गिरफ्तार गरिएको छ । तर उनीहरुको कुनै आपराधिक रेकर्ड नभएको त्यहाँको प्रहरीले जनाएको छ ।

ट्यारेन्टलाई हिरासतमै राखिनेछ र अप्रिल ५ मा पुनः अदालतमा उपस्थित गराइनेछ । सन् १९८० को दशकमा अफगानिस्तानबाट न्यूजिल्याण्ड आएका ७१ वर्षीय दाउद नाबीको घटनामा ज्यान गएको उनको परिवारले जनाएको छ । घटनामा परि ज्यान गुमाउनेहरु सबैको भने पहिचान भैसकेको छैन ।

बंगलादेश, भारत, इन्डोनेसियालगायतका देशले आफ्ना केही नागरिक मारिएको बताए पनि पूर्ण रुपमा जानकारी आइसकेको छैन ।

4485
Shares

ट्रेन्डिङ