पाँचथर / फिदिम नगरपालिकाकी एक ५८ वर्षीया महिला सामूहिक बलात्कारको शिकार भएकी छिन् । विवाहको निम्ता मान्न गएकी ती महिलालाई तीन जनाले बलात्कार गरेकाे बताइएकाे छ ।
शुक्रबार राति तीन जनाको समूहले आफूलाई सामूहिक बलात्कार गरेको पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । पीडित महिलाको उजुरीको आधारमा घटनाका आरोपित स्थानीय ४५ वर्षीय धनसिंह फागोलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाका आरोपित अन्य दुई जना फरार रहेको पाँचथर प्रहरीले जानकारी दिएको छ । शुक्रबार छिमेकीको बिहेमा निम्तो मान्न गएको बेला राति आफूमाथि सामूहिक बलात्कार भएको भन्दै दोषीमाथि कारबाहीको माग गर्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।