सबैको समाचार
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • काभ्रेमा भकारो सुधार तथा मलमुत्र व्यवस्थापन कार्याक्रम सञ्चालन हुने

काभ्रेमा भकारो सुधार तथा मलमुत्र व्यवस्थापन कार्याक्रम सञ्चालन हुने

6900
Shares
काभ्रेमा भकारो सुधार तथा मलमुत्र व्यवस्थापन कार्याक्रम सञ्चालन हुने

काभ्रे : काभ्रेमा भकारो सुधार तथा मलमुत्र व्वस्थापन कार्याक्रम सञ्चालन हुने भएको छ । विकेन्द्रिकृत आयोजना सहयोग इकाई, हेटौँडाको बार्षिक कार्याक्रम अनुसार काभ्रेमा पनि यो कार्यक्रम हुन लागेको विकेन्द्रिकृत आयोजना सहयोग इकाईले जनाएको छ ।

कार्याक्रममा सहभागि हुन चाहने कृषि समुह र सहकारीले कार्तिक ६ गते सम्म भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेमा सम्पर्क गर्न सकिन बताईएको छ । संलग्न गनुपर्ने कागजातहरुमा हुलाक टिकट टाँस गरी अनुसूची २ को ढाचा अनुसारकोे निवेदन, माग संकलन फारम, समुह वा सहकारी सम्बन्धित निकायमा दर्ता भएको र प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपि रहेका छन् ।

यसैगरी नागरिकताको फोटोकपि, लेखा परिक्षण प्रतिवेदनका प्रतिलिपि र सम्बन्धित खस्थानीय तहको पशु सेवा शाकाको सिफारिस ल्याउनु विकेन्द्रिकृत आयोजना सहयोग इकाईले जनाएको छ ।

6900
Shares

ट्रेन्डिङ