सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • शाह वंशीय राजा महेन्द्रबारे नकारात्मक टिप्पणी नगर्न राप्रपा अध्यक्ष कमल थापाकाे आग्रह

शाह वंशीय राजा महेन्द्रबारे नकारात्मक टिप्पणी नगर्न राप्रपा अध्यक्ष कमल थापाकाे आग्रह

5530
Shares
शाह वंशीय राजा महेन्द्रबारे नकारात्मक टिप्पणी नगर्न राप्रपा अध्यक्ष कमल थापाकाे आग्रह

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शाह वंशीय राजा महेन्द्रबारे नकारात्मक टिकाटिप्पणी नगर्न सबैलाई आग्रह गर्नुभएको छ ।
अध्यक्ष थापाले शाह वंशीय राजा महेन्द्रलाई निरंकुश राजाको संज्ञा दिने काम गर्नु सही विश्लेषण नभएको तर्क पनि गर्नुभयो ।

बुधबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा उहाँले महेन्द्रले राजाको रुपमा विश्वसामु नेपाललाई स्वतन्त्र राष्ट्रको पहिचान दिलाएको उल्लेख गर्दै हरेक देशभक्त नेपालीले उहाँको योगदानलाई भुल्न नमिल्ने पनि बताउनु भयो । अध्यक्ष थापाले तत्कालीन राजा महेन्द्रले नेपालको स्वतन्त्रताको रक्षा गर्न २०१७ सालको कदम चालेको दावी पनि गर्नुभयो ।

5530
Shares

ट्रेन्डिङ