सबैको समाचार
बुधबार, असार ३१, २०८३
  • होमपेज
  • दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई दियाे २४२ रनकाे विजयी लक्ष्य

दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई दियाे २४२ रनकाे विजयी लक्ष्य

5040
Shares
दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई दियाे २४२ रनकाे विजयी लक्ष्य

आईसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई २४२ रनको लक्ष्य दिएको छ । पानी परेपछि १ ओभर छोट्याएर ४९ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेका अफ्रिकाले ६ विकेट गुमाएर २४१ रन बनाएको हो ।

दक्षिण अफ्रिकाका लागि रसी भान डेर डुसेनले सर्वाधिक नट आउट ६७ रन बनाउँदा हसिम अमलाले ५५ रन जोडे । एडिन मक्रमले ३८ रन बनाउँदा डेभिड मिलरले ३६ रनको योगदान गरे ।

बलिङतर्फ न्यूजिल्याण्डका लागि लकी फर्गुशनले ३ विकेट लिए । जारी प्रतियोगितामा अफगानिस्तानलाई मात्रै पराजित गरेको अफ्रिकाले बुधबारको खेल जित्नै पर्ने दबाब रहेको छ ।

5040
Shares

ट्रेन्डिङ