सबैको समाचार
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • ट्रयाक्टर दुर्घटनामा दुई जनाको ज्यान गयो

ट्रयाक्टर दुर्घटनामा दुई जनाको ज्यान गयो

2680
Shares
ट्रयाक्टर दुर्घटनामा दुई जनाको ज्यान गयो

रुकुम / आठबीसकोट नगरपालिका-६ को दामाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा शनिबार दुई जनाको ज्यान गएको छ । भे १ च ६८९३ नम्बरको ट्रयाक्टर शनिबार बिहान ८ बजे ठूलीभेरी नदी किनारमा खस्दा चालकसहित ३ जना घाइते भएका छन् । चालक आठबीसकोट नगरपालिका–६ दामाचौरका २० वर्षीय चन्द्रबहादुर वादी, १७ वर्षीय बलबहादुर विक र १५ वर्षीय मोहन बोहरा घाइते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनु भयो ।

पाइप बोकेकाे ट्रयाक्टर सडकभन्दा एक सय मिटर तल खसेको बताइएको छ । दुर्घटनामा नाम नखुलेका १ जना र रुकुम पश्चिम आठबीसकोट नगरपालिका–५ का १६ वर्षीय धनबहादुर विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारका लागि आठबीसकोट नगर अस्पताल लगिएकाे छ ।

2680
Shares

ट्रेन्डिङ