सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • दसैमा टेलिभिजनमा अकृचको ‘पछुतो’

दसैमा टेलिभिजनमा अकृचको ‘पछुतो’

6645
Shares
दसैमा टेलिभिजनमा अकृचको ‘पछुतो’

विजया दशमीको अवसर पारेर निर्देशक अमरकृष्ण चन्द ‘अकृच’ को टेलिश्रृङ्खला ‘पछुतो’ संगत गुनाको फल तयार भएको छ ।कलाकारसमेत रहेका अकृत विगत लामो समयदेखि कलाकारिता क्षेत्रमा सक्रिय छन् । समसामयिक विषयवस्तुलाई मुख्य विषयवस्तु बनाएर तयार ‘पछुतो’मा संगतले बरालिदा चाडबाडमा परिवारमा आइपर्ने विपदलाई उजागर गरिएको निर्माण पक्षको भनाइ छ । निर्माण पक्षका अनुसार चाँडबाँडमा देखिएका विकृतिहरुले समाजमा पार्न सक्ने असरलाई यो टेलिसिरियलले चित्रित गरेको छ ।

टेलिश्रृङखला ‘पछुतो’ मा छिरिङ लामा, रविन्द्र ढलकुटी, शोभा प्रधान, शुशिल सैंजु, बिकेश शाही, भिम थापा, मिस्रा काफ्ले, अमन शाही, शावित्री राना मगर, कृष्ण श्रेष्ठ, नवराज ढकाल, आश्मा खत्री, विष्णु रिजाल, जेन श्रेष्ठको साथमा अमरकृष्ण चन्दको दमदार अभिनय रहेको छ । अमरकृष्ण चन्दको प्रस्तुति ‘पछुतो’ लाई अरुणजंग शाहीले छायाँकन, सम्पादन गरेका छन् भने रजनी श्रेष्ठको श्रृङ्गार रहेको छ ।

जसको निर्माता रविन्द्र ढलकुटी, शोभा प्रधान अल्टर इनटरनेशनल मिडिया रहेका छन् । सुशिल सैंजु निर्माण नियन्त्रक रहेको प्रस्तुत श्रृङखलामा अमरकृष्ण चन्दको कथा, निर्देशन रहेको छ । परिवार खुशी नबनाइ मनाइने चाडबाडको कुनै अर्थ नहुने कथासार रहेको पछुतो दशैंको अवसरमा टेलिभिजनमा हेर्न पाइने निर्माण पक्षले जनाएकाे छ ।

6645
Shares

ट्रेन्डिङ