सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • आठ किलो सुनसहित २ चिनियाँ नागरिक पक्राउ

आठ किलो सुनसहित २ चिनियाँ नागरिक पक्राउ

3265
Shares
आठ किलो सुनसहित २ चिनियाँ नागरिक पक्राउ

काठमाडौँ ,मंसिर ,१३,  प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलोग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको छ ।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयले नेपाल एयरलाइन्सको उडानद्वारा हङकङबाट काठमाडौँ आउँदै गरेका चेन होङयाङ र सेचपेन झेयाङलाई बिहीबार राति ११ः४० बजे पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलश थापा क्षेत्रीले नियमित चेकजाँचका क्रममा सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरिएको जानकारी दि । पक्राउ परेका दुबैजनालाई महानगरीय प्रहरी वृत्त गौशाला राखिएको छ । पक्राउ परेका व्यक्ति सुनको मालिक हुन् वा अरु हुन् भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

3265
Shares

ट्रेन्डिङ