सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • माटोको ढिस्कोले ६ जना पुरिए, एकको मृत्यु

माटोको ढिस्कोले ६ जना पुरिए, एकको मृत्यु

9605
Shares
माटोको ढिस्कोले ६ जना पुरिए, एकको मृत्यु

लमजुङ , पुष , १० ,  सुन्दरबजारमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ। बुधबार सुन्दरबजार-६ नमुना टोलस्थित वामदेव गौलीको घरमा वालको काम गर्ने क्रममा माटोको ढिस्को खसेर चितवनको राप्ती नगरपालिका-३ का २५ वर्षीय संगम चेपाङको मृत्यु भएको हो।

प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङका अनुसार ६ जना पुरिएका थिए। पुरिएर घाइते भएकामध्ये दोर्दी गाउँपालिका-८ का ५२ वर्षीय बलबहादुर तामाङ गम्भीर छन्। उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको र सुन्दरबजारस्थित कर्मदा अस्पतालमा उपचार भइरहेको छ।

9605
Shares

ट्रेन्डिङ