सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • थप ४८ जनामा कोरोना सङ्क्रमण : सङ्क्रमितको संख्या १६ सय १५ पुग्यो

थप ४८ जनामा कोरोना सङ्क्रमण : सङ्क्रमितको संख्या १६ सय १५ पुग्यो

4065
Shares
थप ४८ जनामा कोरोना सङ्क्रमण : सङ्क्रमितको संख्या १६ सय १५ पुग्यो

काठमाण्डौ, १९ जेठ : नेपालमा ४८ जना कोरोनाका बिरामी थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका २४ र जुम्लाका १९ जना गरी ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रतिष्ठानका अनुसार दैलेखमा दुई महिलासहित २४ जनामा तथा जुम्लामा १९ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

यसको आधिकारिक जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा नै दिनेछ । तर प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा पाल्लाको भैरव नवदिप स्कुल छहराको क्वारेन्टीनमा रहेका १९, ३८ र ४० वर्षका पुरुष तथा रुपन्देहीको कोटहिमाईका ४२ वर्षका पुरुष र ७० वर्षकी महिलाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा १६ सय १५ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा हिजोमात्रै १ सय ६६ जनामा कोरोना पुष्टि भएको थियो । अहिले १ लाख १९ हजार १ सय ९२ जना क्वारेन्टीनमा र १ हजार ३ सय ४४ जनालाई आइसोलेशनमा राखिएको मन्त्रालयले जनाएको छ ।

२ सय २० जना कोरोना सङ्क्रमणबाट निको भएका छन् । ८ जनाको भने ज्यान गएको छ । अहिलेसम्म ६९ हजार ५ सय ८७ जनाको पीसीआर र १ लाख ११ हजार १ सय ९ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ ।

4065
Shares

ट्रेन्डिङ