सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सदरमुकाम बिरगंज जोडिने पुल निर्माणमा पप्पुका ठेक्दार रौनियारको रजाई

सदरमुकाम बिरगंज जोडिने पुल निर्माणमा पप्पुका ठेक्दार रौनियारको रजाई

5845
Shares
सदरमुकाम बिरगंज जोडिने पुल निर्माणमा पप्पुका ठेक्दार रौनियारको रजाई

बिरगंज , जेष्ठ २१ : पर्साबासीहरुलाई सदरमुकाम बिरगंजसंग जोडिने यो पर्सा जिल्लाको तिलावे पूल निर्माणको लागि ठेक्का लिएका ठेकेदार कम्पनी पप्पू लुम्बिनी जे.भिको चरम लापरबाहीका कारण समय भित्र पूलको कार्य सम्पन्न हुन नसकेको पर्सावासीले आरोप लगाएका छन ।

मनसुनशुरु हुन अब २०दिन बाकी रहदा ड्राईभरसनको बाटो नै संचालनमा रहेको र ध्यान नदिए मनसुनको भन्दा पहिले तिलावे पुल पुर्णरुपमा संचालन हुन नदेखिएको र मनसुन शुरु भए संगै डाईभर्सनको बांध बगेर बाटो पुर्णरुपमा ठप्प हुने पक्का पकी रुपमा देखिएकोले यसलाई बेलैमा समस्या समधान गर्न नसके पर्साबासी को भविष्य अन्धकार मय हुने दिखिएको छ। ग्रामीण क्षेत्र हरु बाट दिन्हु हजारौ को संख्यामा मजदुरी गर्न सदरमुकाम बिरगंज लगायतका क्षेत्र हरु मा जानेगर्छ तर ठेकदारले तिलावे पुल को दुईटै तरफ को साईड बेड तोडफोड गरि अलपत्र बनाई केही काम नगरेको ले ड्राईभर्सन को बाट भएर पर्साबासी जानेगरिरहेको देखिएको छ।

अहिले मनशुन शुरु हुने बेला अाएको ले ड्राईभर्सन को बाटो खोलाले बगाउने गरेपछी ड्राईभरसन को बाटो ठप्प भएपटी पर्साबासी को सदरमुकाम बिरगंज अावतजाव मा कठिनाई हुने जनाएका छन। ठेक्दार ले तिलावे पुल को बाटो ठप्प गरि पुल को दुईटै तरफ को साईड बेड तोडी काम नगरी पर्साबासी हरु को भविष्य संग खेलवाड गरिरहेको छ । कालो सुचिमा समेत परेका ठेकेदार कम्पनी पप्पू लुम्बिनी जे.भिले २०७२ मा ठेका करिब साढे ५ करोड को लागत मा ठेका सम्झौता भएको र २०७५ मा काम पुर्ण गरिने सहमती भएको ५ बर्ष बिति सक्दापनी पूलको कार्य सम्पन्न नहुनु बिडम्बनाको बिषय बनेको हो ।

हुलाकी राजमार्ग आयोजना, योजना कार्यालय बिरगंज र ठेकेदार कम्पनी पप्पू लुम्बिनी जे.भि.को बिच २ बर्ष अगाडी पूल निर्माण गर्ने सहमती भएपनी ठेकेदार कम्पनी लोप भएका थिए । तर फाल्गुन महिना रकम निकासाको लागि देखावटी रूपमा पूलको कार्य सुचारू गरिएको आम सर्वसाधारण बताउछन । ठेकेदार कम्पनी पप्पू लुम्बिनी जे.भि. का प्रमुख सुमित रौनियारले आफ्नो दबङ्ग पाराले हुलाकी राजमार्गको निर्देशन विपरीत कार्य गरिरहेको पाइएकोले।

आज भन्दा करीब ५ बर्ष अगाडी भौतिक पूर्वाधार तथा यातायत मन्त्रालय बिमलेन्द्र निधीको पालामा तिलावे पूलको शिलान्यास भएपनी हालसम्म निर्माण गरि नसक्नु चलखेल नै रहेको बारे प्रष्ट पारिरहेको आरोप लगाए । पर्साको जनताको दु:ख, मर्म सम्झी मन्त्री निधिले उक्त पूलको शिलान्यास गर्ने बेला छिटो सम्झौता गरि पूलको कार्य अगाडी बढाउने र २ बर्ष भित्र कार्य सम्पन्न हुने बताएका थिए । तर राजनीति चापले गर्दा पूलको कार्य अलपत्र मै रहेको दुखेसो स्थानिय ले गरेका छन।

हुलाकी राजमार्ग योजना कार्यालय बिरगंजले दिएको एप्रूभ डिजाइन अनुसार कार्य नभएको बताइएको छ । यस बिषयमा हुलाकी राजमार्ग योजना कार्यालय बिरगंजका योजना प्रमुख दीपेन्द्र पान्डेयले तिलावे पूलको निर्माणको निम्ति ठेक्का लिएका पप्पू लुम्बिनी जे.भि.ले एप्रूभ डिजाइन अनुसार कार्य नै नगरेको स्विकार्नु भयो ।

उहाले पूलको कुनैपनि कार्य सम्पन्न नगरेकोले हालको समयमा भुक्तानी दिन नसकिने बताउनु भयो । हुलाकी राजमार्ग योजना कार्यालय बिरगंजको एप्रूभ डिजाइन विपरीत कार्य गरिरहेको तिलावे पुल को काम अलपत्र ठेक्दार कम्पनी पप्पु,लूम्बिनी जेभी का ठेकदार सुमित रौनियार ले छोडेर फरार भएको ले लुम्बिनी का ठेक्दार लवनत बहादुर केसी ले तिलावे पुल को काम गर्ने जिमा लिएको योजना प्रमुख दिपेन्द्र पाण्डे ले जनाएका छन।

अहिले तिलावे पुल को साईडमा ठेक्दारले टोडफोड गरेर छोडेकोले मनसुन शुरु हुनै बितिकै ड्राईभर्सन बन्द भएपछी पर्साबासी लाई सास्तीहुने जनाए का छन। मनशुन अगाडि ठेक्दार तिलावे पुल को ब्यवस्थित नबनाए ठेक्दार लाई कार्वाही गर्ने योजना प्रमुख पाण्डेले जनाए ।

5845
Shares

ट्रेन्डिङ