सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अभिनेत्री निरिषा बस्नेतलाई कोरोना संक्रमण

अभिनेत्री निरिषा बस्नेतलाई कोरोना संक्रमण

8565
Shares
अभिनेत्री निरिषा बस्नेतलाई कोरोना संक्रमण

अभिनेत्री निरिषा बस्नेतलाई कोरोना सङ्क्रमण भएको छ । मुम्बईमा रहेर सिरियलमा काम गरिरहेकी निरिषालाई कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । उनलाई दिल्लीमा नै कोरोना संक्रमण भएको बताइएको छ । कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि उनी चिकित्सकको निगरानीमा छिन् ।

उनको स्वास्थ्य अवस्था बारेमा यति बेला सम्म आधिकारिक जानकारी दिइएको छैन । निरिषाको नेपाली चलचित्र ‘जानी नजानी’मा मुख्य अभिनेत्रीको भूमिका निभाएकी निरिषा कलाकार स्क्रिप्ट राइटर विश्व बस्नेतकी छोरी हुन् । उनले बलिउड चलचित्रमा प्रवेशका लागि संघर्ष गरिरहेकी थिइन् । चलचित्र ‘जानी नजानी’को रिलिजको समयमा उनी नेपाल आएकी थिइन् ।

यो चलचित्रले बक्स अफिसमा खासै सुखद् व्यापार गर्न नसकेपछि उनी मुम्बईमा नै संघर्ष गरिरहेकी थिइन् । अब रिपोर्ट नेगिटिभ नआएसम्म उनी अस्पतालमै रहेर उपचार गराउने छिन् । कलाकार विश्व बस्नेतकी छोरी निरिशाले भारतमा रहेर विभिन्न सिरियलमा काम गरिरहेकी छिन् ।

बीबीए सम्मको अध्यन गरेकी निरिषा बच्चै बेला देखि अभिनयमा आउन चाहन्थिन् । अमेरिकामा गएर अभिनय सिक्ने उनको रहर छ । उनले भारतमा भारतीय सिरियल ‘चन्द्र नन्दिनी’ मा काम गरिसकेकी छिन् । अभिनेत्री निरिषालाई स्वास्थ्यलाभको शुभकामना ।

8565
Shares

ट्रेन्डिङ