सबैको समाचार
आइतवार, भदौ ७, २०८३
  • होमपेज
  • पकट पटक भान्जी बलात्कार गरेको आरोपमा मामा पक्राउ,पेटमा ५ महिनाको गर्भ

पकट पटक भान्जी बलात्कार गरेको आरोपमा मामा पक्राउ,पेटमा ५ महिनाको गर्भ

12340
Shares
पकट पटक भान्जी बलात्कार गरेको आरोपमा मामा पक्राउ,पेटमा ५ महिनाको गर्भ

संखुवासभा, २९ जेठ: खाँदबारी नगरपालिका घर भएकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जबरजस्ती करणी गरेको आरोपमा २६ बर्से युवालाई खाँदबारीबाट समातिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए।

उक्त किशोरी र पीडकबीच मामाभान्जीको सम्बन्ध रहेको प्रहरीले जनाएको छ। ती युवाले पटक पटक किशोरीलाई जबर्जस्तीकरणी गर्दै आएका खुलेको छ।साल्पासिलिछो गाउँपालिका मामाघर गएको अवस्थामा ती युवाले पटक पटक जबरजस्ती करणी गरेका पीडितका आफन्तले उजुरी दिएका राईले बताए।

खाँदबारीबाट पक्राउ परेका उनलाई बिहीबार नै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको राईले बताए। ती किशोरीको ५ महिनाको गर्भसमेत बसिसकेको इन्स्पेक्टर राईले जनाए।

12340
Shares

ट्रेन्डिङ