सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ड्युटीमा खटिएका सैनिकले आफैमाथि हाने गोली, मध्यरातमै निधन

ड्युटीमा खटिएका सैनिकले आफैमाथि हाने गोली, मध्यरातमै निधन

6590
Shares
ड्युटीमा खटिएका सैनिकले आफैमाथि हाने गोली, मध्यरातमै निधन

काठमाडौं, ३० जेठ : स्वयम्भूको छाउनीस्थित वीरेन्द्र सेनिक अस्पतालमा एक जना सैनिकले गोली हानी आत्महत्या गरेका छन्। बिहीवार राति ड्युटीमा खटिएका डम्बरबहादुर विष्टले आफैंले बोकेको बन्दुक प्रहर गरी आत्महत्या गरेका हुन्। बैतडीको सुर्मा गाउँपालिका ५ घर भएका विष्टको दुर्गाबक्स गण नारायणहिटीमा दरबन्दी थियो।

‘राति ड्युटीमा नै रहेको समयमा गोली हानी आत्महत्या गरेका रहेछन्,’ नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने। उनी अस्पतालमा नेपाली सेनाको थ्रड ग्रेड तालिम गरिरहेका थिए। अस्पतालको जेनेरेटर रहेको पोष्टमा ड्युटीमा रहेको समयमा १२ बजेतिर गोली प्रहार गरी उनले आत्महत्या गरेका पाण्डेले जानकारी दिए।

जेठ ११ गते स्वयम्भू प्रहरी विटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) विष्णु कार्कीले पनि आफैंले बोकेको पेस्तोलले टाँउकोमा प्रहार गरेर आत्महत्या गरेका थिए। लकडाउनदेखि जेठको दोस्रो सातमा सम्म देशभर १ हजार १ सय ५ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्याङ्कले देखाउँछ।

जसमध्ये ६ जनाले विभिन्न हातहतियार प्रयोग गरेर आत्महत्या गरेका छन्। अधिकांशले झुन्डिएर आत्महत्या गरेको देखिन्छ। यो अवधि ९ सय ३८ जनाले झुन्डिएर आत्महत्या गरेका छन्। काठमाडौं उपत्यकाभित्रमात्रै पनि यस अवधिमा ६९ जनाले आत्महत्या गरेका छन्।

6590
Shares

ट्रेन्डिङ