सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • साहीत्य भनेको हाम्रो गहना हो पुर्खाहरुले जोगाउनु भयो र हामिले पनि जोगाउनु पर्छ

साहीत्य भनेको हाम्रो गहना हो पुर्खाहरुले जोगाउनु भयो र हामिले पनि जोगाउनु पर्छ

17300
Shares
साहीत्य भनेको हाम्रो गहना हो पुर्खाहरुले जोगाउनु भयो र हामिले पनि जोगाउनु पर्छ

आफ्नो जन्म थलो झापाको दमक भन्ने ठाँउमा जन्मिएको एक होनाहार कविता कार सुजाता निरौला सङ बिशेश सबैको समाचारका सम्बादाता सुनिल श्रेष्ठले गरेको कुरा कानी :

१ ) लकडाउन कसरी बित्त्दै छ ?
लगडाउन अरुदिन भन्दा घरका काम साथ साथै कबिता कथा लेख्ने साथै बाचन गर्न प्रयास गर्ने गरेर बितिरहेको छ ।
२ ) जिबनमा के गर्ने लक्ष्य बोकेर हिडिराख्नु भएको छ त ?
यस साहित्य क्षेत्रमा निरन्तर्ता दिदै आफ्नो कलमको माध्यम बाट समाजमा हुने विभिन्न घट्ना कुरितिलाइ अन्त्य गर्ने कदम चाल्ने सोच बनाएकी छु ।
३ ) केहि समय उता सामाजिक सन्जाल फेसबुक मा ब्यस्त देखिन्छ के हो ?
अहिले फुर्सद छु र आफ्ना कबिताहरु निरन्तर सामाजिक सन्जाल मा पस्केर यस लकडाउनको समयमा सम्पुर्णलाई मनोरञ्जन साथै कुरिती अन्त्य गर्न हामिले नै कदम चाल्नु पर्छ भनेर सचेत साथै ज्ञान दिन प्रयास गरि रहेकी छु ।
४ ) बिगतको दिनमा कविता लेखेर सामाजिक सन्जालमा आगो लगाइराख्नु भएको देखिन्छ के हो ?
मैले यो सोचेको छैन , समाजमा घटेको घट्ना सुनेर साथै कलममा उतारेर सामाजिक सन्जाललमा हालेकी छु । यस्लाइ खासै मत्लब राख्दिन । आफू कलम चलाउदै गर्ने हो भन्ने भनी रहन्छन येस्मा केही भन्दिन ।
५ ) कविता लेख्नको लागि कत्तिको समय बिताउनु हुन्छ ?
अब यश क्षेत्र पढेर पुर्ण समय जिबनको यसैमा बिताउने सोच गरेकी छु ।
६ ) कबिताहरु बाट माया र घृणा पाउनु हुन्छ त ?
धेरै जानाले राम्रो प्रतिक्रिया दिनु हुन्छ शब्दमा दम छ अझै लेख्दै गर्नु होला भनेर हौसला दिनु हुन्छ केहिले नराम्रो भन्नुहुन्छ आ आफ्नो सोचाइ अनुसारको प्रतिक्रिया दिनु हुन्छ । सबै भन्दा ठुलो कुरा भनेको आम मानिस को सोचाइ ले नै अगाडि बढनु हो त्यस कारन गलत लाई गलत तथा माया लाई माया नै गर्नु भको छ खुसी लाग्छ । मलाई नि बिश्वास छ यो समय मा त धेरै ले माया गर्नु हुन्छ भने सि आउदो दिन लाई मैले चुनौती को नि सामना गर्नु पर्छ भन्ने चोच्या छु ।
७ ) कवितालाई कुन रुपमा लिनुहुन्छ, यसले जिबन चलाउछ या इच्छाको रुपमा लिनुहुन्छ ?
यसलाई जीवन चलाउने रुपमा लिन्छु अझै अध्यन गरेर शव्द निखारेर एउटा भबिस्यको बाटोको रुपमा लिएको छु ।
८ ) आजकलको समयमा युवा तथा युवतीहरु अन्य चिजमा ब्यस्त संगै पैसा कमाउने तथा अन्य सोचमा हुन्छन तपाईंको मनमा के ?
जीवन यापन गर्न पैसा अनिवार्य छ त्यो माध्यम अहिले सम्म प्राप्त भएको छैन तथापि आफ्नो रचनाहरु सामाजिक सन्जालमा पस्कदै जाने पनि सोच राखेकी छु ।
९ ) कबिता लेख्दै गर्दा नेपालमा कत्तिको महत्त्व देखिन्छ ?
कबिता लेखन मेरो विचारमा एकदम महत्त्व देखिन्छ किनकि अहिलेको पिडितले कबिता लेखन साहित्य क्षेत्रमा खासै मन लगाएको देखिन्न साहित्य साथै कबिता भनेको हाम्रो एक सास्कितृक गहना हो यसलाई जोगाउनु साथै निरनतन्त्रा दिनु हाम्रो दाहित्यो हो त्यसैले यसको महत्त्व देखिन्छ ।
१० ) छोटो समयमा कबिता लेख्नु हुन्छ आउने समयमा के गर्नुहुन्छ ?
अब आउने समयमा साहित्य क्षेत्रलाई निरन्तरता दिदै अहिले लेखेका शब्द भन्दा अझै मिठा र गहकिला शब्द लेखेर आफू अगाडि बढ्ने अठोट राखेकी छु ।
११ ) हजुरको यो क्षेत्रबाट युवायुवतिलाइ के भन्न चहानहुहुन्छ ?
साहीत्य भनेको हाम्रो गहना हो पुर्खाहरुले पनि यसलाई जोगाउनु भको हो र हामिले पनि यसलाई जोगाउनु पर्छ भन्न चाहान्छु ।
१२ ) अन्तयमा के भन्नू हुन्छ ?

मैले चालेका मेरा भर्खरै मात्रै लरखराउदै गरेका पाइलामा मलाई अगि बढ्न सहयोग गरिदिनु भएकोमा धन्यवाद साथै मेरा शब्दहरूलाई उच्च सम्मान सहित सबैको समाचार अन्लाईन तथा टि.भि मार्फत देशबिदेश फैलाउन अनि मलाई सबैमार्फत चिनाउन सहयोग गरिदिनु भएको सुनिल श्रेष्ठ तथा हजुरको सबै टिमलाई धेरै धन्यवाद ।

17300
Shares

ट्रेन्डिङ