सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेका एक जनामा कोरोना संक्रमण पुष्टि

काभ्रेका एक जनामा कोरोना संक्रमण पुष्टि

9340
Shares
काभ्रेका एक जनामा कोरोना संक्रमण पुष्टि

काभ्रे १४ असारः काभ्रेका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परीक्षण एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय काभ्रेका डाक्टर नरेन्द्र कुमार झाले पुष्टि गरे ।

बेथानचोक गाउँपालिका वडा नम्बर ४ का २३ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी जेठ २ गते इन्डियाबाट आइपुगेका हुन् । उनी क्वारेन्टाइनमै बसिरहेका छन् । उनको स्वाब संकलन गरेर असार १० गते धुलिखेल अस्पताल पठाइएको थियो ।

यसअघि पनि जिल्लामा ५ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु भने उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

9340
Shares

ट्रेन्डिङ