सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • धुलिखेलका अधिकांश मासु पसल मापदण्ड विपरित, मुल्य सूचि र डिजिटल तराजु नै नभएको खुलसा

धुलिखेलका अधिकांश मासु पसल मापदण्ड विपरित, मुल्य सूचि र डिजिटल तराजु नै नभएको खुलसा

7355
Shares
धुलिखेलका अधिकांश मासु पसल मापदण्ड विपरित, मुल्य सूचि र डिजिटल तराजु नै नभएको खुलसा

काभ्रे, १४ असार : काभ्रेको सदरमुकाम धुलिखेलका अधिकांश मासु पसल मापदण्ड विपरित सञ्चालन भइरहेको पाइएको छ । आज भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको अगुवाईमा भएको बजार अनुगमनका क्रममा अधिकांश पसलले मापदण्ड पुरा नगरेको पाइएको हो ।

धुलिखेल नगरपालिका, प्रहरी, उद्योग वाणिज्य संघ, खाद्य तथा गुण नियन्त्रण कार्यालय लगायत सहभागि अनुगमन टोलीले ११ वटा पसलको अनुगमन गरेको थियो । त्यसमध्ये धेरै पसल बिना दर्ता सञ्चालन भइरहेको पाइएको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डाक्टर मोगल प्रसाद शाहले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश पसल सञ्चालकले टायल, सिसा, जाली नलगाइएको पाइएको हो ।

त्यस्तै डिजिटल तराजु नराखेको, मुल्य सूचि नटाँसेको, मासु पसलमा बस्नेले एप्रोन, गमबुट नलगाएको र पानीको उचित ब्यवस्था नगरेको डाक्टर शाहले बताए । धेरै पसलले राँगा, खसी र कुखुराको मासु एकै ठाउँमा राखेर बेचेको समेत पाइएको छ ।समितिले १ हप्ता भित्र डिजिटल तराजु राख्न समय तोकेको छ । त्यस्तै टायल, सिसा र जाली राख्न एक महिनाको समय दिइएको डाक्टर शाहले जानकारी दिनुभयो ।

7355
Shares

ट्रेन्डिङ