सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • घरमै मृत भेटिए चर्चित गायक तथा अभिनेता रविन तामाङ

घरमै मृत भेटिए चर्चित गायक तथा अभिनेता रविन तामाङ

25230
Shares
घरमै मृत भेटिए चर्चित गायक तथा अभिनेता रविन तामाङ

काठमाडौं, असार २० : चर्चित रक गायक तथा अभिनेता रोविन तामाङको निधन भएको छ। ‘रोविन एन्ड न्यु रिभोलुसन’का लिड गायक ६० वर्षीय उनी मंगलबार साँझ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ चिस्यानीस्थित निवासमा मृत फेला परेका हुन्।

रोविनकै आधिकारिक फेसबुक पेजमा उनको मृत्यु भएको खबर पोस्ट भएको थियो। उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। ब्रिटिश सेनामा सक्रिय परिवारको कान्छो सन्तानका रूपमा उनको जन्म सिंगापुरमा भएको थियो। सिंगापुरमै अध्ययन गरेका उनी बाल्यकालदेखि नै अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र लन्डनको अंग्रेजी रक ब्यान्ड डीप पर्पलबाट प्रेरित थिए। सन् १९८० मा टोरन्टोको हम्बर कलेजमा पढ्दाताका नै उनलेउनले एक ब्यान्डमार्फत् विभिन्न ठाउँमा प्रस्तुति दिएका थिए।

१९९६ मा नेपाल आएका रोविनले लुजा ब्यान्डमा रहेर आफ्नो सांगितिक करियर अघि बढाएका थिए। उनले लुजासँग विभिन्न स्थानमा प्रदर्शन गरे। सन् २००५ मा यो समूह विघटन भएपछि उनले रोविन एन्ड न्यु रिभोलुसन ब्यान्ड स्थापना गरेका थिए।

‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन् । उनी अभिनयमा समेत अब्बल मानिन्थे। उनले ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन बढी नेपाली फिल्ममा भिलेनको रुपमा अभिनय गरेका छन्।

25230
Shares

ट्रेन्डिङ