सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काभ्रेमा धान रोपाइ ४० प्रतिशत सक्कियो: बनेपामा शत प्रतिशत, पाँचखालमा मात्र ५ प्रतिशत

काभ्रेमा धान रोपाइ ४० प्रतिशत सक्कियो: बनेपामा शत प्रतिशत, पाँचखालमा मात्र ५ प्रतिशत

6795
Shares
काभ्रेमा धान रोपाइ ४० प्रतिशत सक्कियो:  बनेपामा शत प्रतिशत, पाँचखालमा मात्र ५ प्रतिशत

काभ्रे : काभ्रे जिल्लामा धान रोपाइको काम ४० प्रतिशत सक्किएको छ । कृषि ज्ञान केन्द्रले हिजो सम्ममा संकलन गरेको विवरण अनुसार काभ्रे जिल्लामा ४० प्रतिशत धान रोपाईको काम सक्किएको छ ।

यसैविच हामीले संकलन गरेको विवरण अनुसार बनेपा नगरपालिकाकामा यो वर्षको धान रोपाई सतप्रतिशत सक्किएको छ भने पनौती नगरपालिकामा धान रोपाईको काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकामा ९० प्रतिशत धान रोपाईको काम सक्किएको छ । जेठ १४ गते हावाहुरी सँगै आएको बर्षाको कारण केही ठाउँमा पुनः विउ राख्नुपर्ने भएको कारण १० प्रतिशत बाँकी रहेको कृषि तथा पशुपन्छी शाखाका प्रमुख मणि प्रसाद सापकोटले जानकारी दिनुभयो । नगरपालिकाको ५ सय हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गरेको छ ।

पाँचखालमा रोपाइँ ५ प्रतिशत मात्रै पाँचखाल नगरपालिकामा धान रोपाईको काम ५ प्रतिशत मात्रै सक्किएको छ । नगरपालिकामा धान रोपाईको काम काभ्रेका अन्य ठाउँको तुलनामा ठिला नै सुरु हुने भएकाले थोरै मात्र रोपाईको काम सक्किएको कृषि शाखा प्रमुख ईश्वर प्रसाद अधिकारीले जानकारी दिनुभयो । बाँकी रहेका ठाउँहरुमा पनि रोपाईको काम धमाधम भइरहेको छ । साउनको दोस्रो हप्ता सम्म रोपाईको काम चल्लने छ ।

पालिकामा ३६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाई हुने गरेको छ । सिंचाइको अभाव भएका कारण साना सिंचाइका कार्यक्रमलाई नगरपालिकाले अगाडी बढाएको छ । पालिकामा हाइब्रिट जातसँगै खुमल ४, ८, मकवानपुर १, मालिका लगायत जातका धान खेती हुदैँ आएको छ । यस्तै धुलिखेलमा र बेथान्चोकमा ५०-५०प्रतिशत धान रोपाई सक्किएको पालिकाले जनाएको छ ।

6795
Shares

ट्रेन्डिङ