सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेमा थप एक जनामा कोरोना संक्रमण

काभ्रेमा थप एक जनामा कोरोना संक्रमण

4090
Shares
काभ्रेमा थप एक जनामा कोरोना संक्रमण

धुलिखेल, २४ असारः काभ्रेमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । उदयपुर घर भई हाल धुलिखेलको सञ्जविनी माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

उनी धुलिखेल नगरपालिका वडा नम्बर ४, २८ किलो स्थित आफन्तकोमा बस्न साउदीबाट फर्किएका थिए । उनी असार १६ गते क्वारेन्टाइन आइपुगेको धुलिखेल नगरपालिकाका स्वास्थ्य संयोजक सन्दिप केसीले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लिएपछि होल्डिङ सेन्टर हुदँै उनी क्वारेन्टाइन आइपुगेका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । १४ मध्ये ७ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

4090
Shares

ट्रेन्डिङ